चलचित्र तथा म्यूजिक भिडियो छायाँकार बिरेन्द्र प्रसाद भट्टको कला क्षेत्रमा नयाँ नाम होईन । बिगत लामो समयदेखि उनि यो क्षेत्रमा सक्रिय रहेका छन । डोटी जिल्लाको जोरायल गाउँपालिकामा जन्मेका बिरेन्द्र प्रसाद भट्ट अहिले काठमाडौं बसेर चलचित्र तथा म्यूजिक भिडियोको छायाँकन गरि रहेका छन । उनै छायाँकार बिरेन्द्र प्रसाद भट्टसँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ :

० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
२०६४ साल देखि निरन्तर यो क्षेत्रमा छु ।

० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
बिद्यार्थी जिवनमै थिएँ अलि बढी राजनीति र प्राविधिक तिर बढी रुचि हुन्थ्यो गित सङ्गीत मन पराउथेँ ।

० आएपछिको उपलब्धी ?
धेरै कुरा सिक्न पाएँ विभिन्न कलाकारहरुसँग काम गर्ने मौका मिल्यो । सिक्ने मौका मिल्यो विभिन्न क्यामराहरु सिक्ने मौका मिल्यो गुरुहरुबाट आम्दानी नि राम्रो नै भयो जीवनमा केही गरौँ भन्ने जोश थियो । धेरै गीतको भिडियो खिच्ने मौका मिलेको छ । केही हिट भए केही चलेनन् ।

० यही क्षेत्र रोज्नुको कारण ?
मनोरंजन मन पर्ने, सानै देखि गीत सङ्गीत सुन्ने गर्थे, भिडियो हेर्ने गर्थे बढी रुचि नै गीत सङ्गीतमा थियो समयले यतै जोडिने मौका मिल्यो ।

० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?

मिहिनेत लगनशीलता र निरन्तरको मिहिनेतले सफल हुने हो । समय लाग्छ, समय संगै काम गरेर जानु नै पर्छ दुख त हुनेनै भो काम गर्दै जाँदा सिक्दै काम गर्दै जाँदा गारो त छ नै ।

० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
सकिन्छ मिहिनेत गरे फल राम्रो मिल्छ जति मिहिनेत हुन्छ सफलता त्यति नै हुन्छ निरन्तरता दिँदा राम्रो नै हुन्छ ।

० विकृतिहरु कतिका छन् ?
अलिअलि जता नि हुन्छ । बजारमा आए जतिको चैँ हुदैन, बिकृतीलाई नियन्त्रण गर्दै जानु पर्छ ।

० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा हुन्छ नै किनकी सबै फरक फरक क्षमताका हुन्छन ! प्रतिस्पर्धा हुँदा राम्रो पनि हुन्छ ।

० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?
सरकारबाट कुनै सहयोग र समर्थन नभएकोले कलाकर्मी र प्राविधिकलाई आफू मै निर्भर भएर काम गरेर बाँच्नु पर्ने अवस्था छ । कहिले बजारमा फिल्मका गीत संगीत चल्दा सबैलाई काम हुन्छ फिल्मका गीत सङ्गीत नचल्दा बजारमा सबैलाई काममा कमि आउँछ ।

० समाधान कसरी देख्नुहुन्छ ?
सरकारबाट नीति नियम बनाएर सबै कलाकर्मी प्राविधिकलाई बिमा लगाएत देश बिदेशमा चलचित्र प्रबर्द्धनमा सयोग पाए समाधान हुँदै जान्थ्यो कि ?

० आगामी योजना ?
लामो समय यो क्षेत्रमा बितेकोले आगामी दिन पनि निरन्तर लाग्ने र आफुले सिकेको सीप पछिको युवामा सुम्पिने मन छ यो क्षेत्र अझै ब्यस्थित गर्न तिर लाग्ने छु ।

० जीवन ?
जन्मे पछिको जीवन केही गर्ने जोस जागँर हुन्छ संघर्षदेखि सुख सम्म जोडिएको हुन्छ । जीवनको हरेक समय त्यति नै महत्वपूर्ण हुने गर्दछ त्यसैले जीवन सिकाइमै बित्ने गर्छ जीवन हरेक पल सम्झन लाएक हुन्छ दुख सुख र भोगाइको कारण ।

० प्रेम ?
प्रेम धेरै प्रकारको हुने गर्द्छ कहाँ कस्तो प्रेम गर्ने आफुमा भर पर्दछ । बच्चा देखि बुढा सम्म गर्ने प्रेमको फरक फरक हुन्छ ।

० कलाकारिता ?
कलाकारिता बाट देश समाजको कला सँस्कृती झल्काउने देशको पहिचान हो र समाजमा राम्रो सन्देश मार्फत समाज परिबर्तनमा ठुलो भुमिका हुन्छ । आफुले गरेको गीत सङ्गीत फिल्म बाट समाज र देशमा बिकृती हटाउँदै जाने काम कलाकारको माध्यमबाट हुनु पर्द्छ । देशको गौरब र शान नै कलाकारिताबाट झल्किनु पर्दछ ।

० अन्तमा केही भन्नु छ ?
नेपाली सङ्गीत तथा फिल्म क्षेत्र नेपाल सरकारबाट नीति नियम बनाएर देश तथा बिदेशमा नेपाली गीत सङ्गीत चलचित्रको प्रबर्द्धनमा सरकारबाट सयोग हुनु पर्दछ । कलाकर्मी प्राविधिक सबैको गाँस बास तथा रोजगारीको ग्यारेन्टी सरकार बाट हुनु पर्दछ । यो क्षेत्रलाई करको दायरमा ल्याएर सबैको जीवन सुरक्षित गर्नु पर्दछ सरकारले भन्न चाहान्छु ।