पछिल्लो समय गित संगित क्षेत्रमा चलेको नाम हो । संगिता पहरी २०५७ सालमा सिन्धुपाल्चोकमा जन्मिएकी पहरी बाल्यकाल धेरै दुख, कष्टमा गुज्रिएको बताउछिन् । सिन्धुपाल्चोक जिल्लाको धेरै ठाउँ बिकास भए पनि हाम्रो समाजमा भने बिकास भएको थिएन । पढे लेखेको मान्छेहरु पनि कमै मात्रामा भेटिन्थ्यो । म समाजको उदाहरणीय ब्यक्ति बन्नु पर्छ भन्ने उद्देश्यको साथ ११÷१२ मा पढ्दा नै म जब गर्थे । १२ मा पढ्दा मैले पशुपति मन्दिर जादा एउटा संगित सिकाउने ठाउँ देखे मलाई संगित सिक्न मन लाग्यो । पहिलो गित रेकड २०१९ सालमा भयो । त्यसपछि ब्याचलर भर्ना भए । केही समयमै कोरोना आई हाल्यो । दोश्रो लकडाउन हुन भन्दा अलि अगाडिबाट दोहोरी साँझमा काम गर्न थाले । अहिले मेरो दिनचर्या दोहोरी साँझमा काम गर्दै पढ्दै ब्याचलर बितिरहेको छ । आगामी दिनहरूमा धेरै राम्रो राम्रो कामहरु गर्ने उद्देश्यका साथ अघि बढी रहेको छु । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायिका संगिता पहरीसँग गरेको कुराकानी ः

 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि म पढाईको साथै गीत संगीत तिरै ब्यस्त छु ।

० गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
सुरुवातको दिनहरु धेरै दुख कष्ट गत्नु पर्यो । सानैमा बुवा गुमाए । त्यसपछि सपनाहरू नै टुटिए जस्तो भयो । तर हिम्मत हारिएन । हाम्रो समाजमा हाम्रो पहरी जाती अलि पछि नै परेको जाती हो । तर मैले पढेर केहि गर्नु पर्छ भनेर निरन्तर लागि रहे । पढाई संगै मलाई गितहरु पनि मन पर्न थाल्यो । बच्चैदेखि गाउन मन पर्थो, गाउने चाहना भएकोले नै गायन क्षेत्रमा लागियो । गाउँघरमा मेला महोत्सवमा कलाकारहरु आएर गाउँदा दिनभरी हेरिन्थ्यो । म पनि यस्तै बन्छु पछि भन्ने चाहाना हुन्थ्यो । त्यहीँ भएर पढाई संगै गित संगितमा पनि लागियो ।

० धेरै बिकृती आएको होइन अहिले गीत संगीतमा ?
पहिलेको गीत संगित र अहिलेको गित संगितमा आकाश पातालको फरक भैसकेको छ । अहिले गित संगितमा धेरै बिकृती आएको छ । अहिले गितहरुमा जस्ता पाए त्यस्तै शब्द प्रयोग गर्दै आएका छन् । पहिलेको गितहरु कालजयी झै हुन्थे । सुनी राखौ झै । अहिलेका गितहरु क्षेणिक छन् । दुई चार दिन चल्छन् । फेरि हराई हाल्छन । अहिले धेरै बिकृती आएको छ । पहिलेको गित भन्दा अहिलेको गितमा धेरै फरक छ ।

० तपाईं धेरै जसो दुख पिडाका गीत बढी गाउनु हुन्छ किन ?
म सबै खाले गितहरु मन पराउछु पराउन त । ठुलालाई आदर र सानालाई माया गर्ने मेरो बानी छ । म सबै गित रुचाउछु तर पनि बढी दुख पिडाको मन पराउछु । किनकी शब्द पनि कालजयी झै हुन्छ । हामीले जीवनमा भोगेका शब्द गितमा समर्पित भएको भएर नै होला म दुख पीडाको गित मन पराउछु ।

० कलाकारिता क्षेत्रमा किन एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्न जान्दैनन ?
किनकी एक अर्कामा रिस डाहा हुन्छ , सपोर्ट गर्ने भन्दा पनि खुट्टा तान्ने प्रवृत्ति बढी हुन्छ । त्यहीँ भएर एक अर्काको सम्मान गर्न जान्दैनन् । कलाकार भनेको राष्ट्रको गहना हुन् । कलाकारलाई देश तथा बिदेशमा सबैले सम्मान गर्छन् तर कलाकार आफुले आफैलाई सम्मान गर्न जान्दैनन् । कलाकारिता भित्र पनि विभिन्न बिकृतिहरु भित्रिएका हुन्छन् । त्यहीँ बिकृतीका कारण कलाकारलाई आज सबैले मन पराउन छोडी सकेका छन् ।

० तपाईंले गाउनु भएको सबैभन्दा चर्चित गीत कुन हो ? किन त्यो गीत दर्सक श्रोताको मन मुटुमा बस्न सफल भयो
कलाकारितामा लागेको धेरै त भएको छैन । सानैदेखि गित संगित मन चाहिँ पर्थो म मिहिनेत गर्न रुचाउने मान्छे हो । ५÷६ वटा गितहरु आयो होला । अझ धेरै बाकी छ । सिक्नु छ । गित चल्यो भन्दा पनि मलाई अझै हजुरहरुको अनि सम्पुर्ण दर्शकबिनहरुको साथ सपोर्ट मायाको खाचो छ । अहिले भर्खरै बजारमा ल्याएको गित नक्कली बाट चाहिँ अलि सफलता मिलेको छ। अझ धेरै तपाईंहरुको मायाको खाचो छ । माया साथ सपोर्ट भयो भने अझै राम्रो गर्नेछु।तपाईंहरुको हौसलाले मलाई अगाडि बढ्न प्रेरणा मिल्ने छ ।

 

० गायन बाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
गित संगित नराम्रो चाहिँ होइन तर यस भित्र फैलिएको बिकृतिको कारण आज गित संगित नराम्रो बन्दै गएको छन् ।गित एउटा आफ्नो रहरको काम हो सन्तुष्ट नै छु तर यसैबाट जिन्दगी चलाउन अलि मुस्किल छ । गित संगित लाई पेशा बनाउन चाहिँ हुँदैन ।

० गायन बाट बाच्न सकिन्छ त ?
बाच्न त मुस्किल नै छ । हाम्रो देशमा गित संगितलाई त्यति प्राथमिकता छैन । सुरुसुरुमा धेरै गाह्रो हुन्छ । धेरै संघर्ष गर्नु पर्ने हुन्छ। लगानी गर्नु पर्ने हुन्छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नु भयो ।
बच्चा बेलामा धेरै गित संगित सुन्निथ्यो । अग्रज कलाकारहरु लाई म सम्मान गर्ने ब्यक्ति हो ।कलाकारहरु देख्दा म पनि त्यस्तै बन्छु जस्तो लाग्थ्यो ।अरुको प्रेरणा भन्दा पनि म आफू स्वयमको प्रेरणा बाट लागेकी हु ।

० कस्तो गायिका बन्न मन छ ?
राम्रा राम्रा गितहरु गाएर सबैको मन मुटुमा बस्न सक्ने गायिका बन्न मन पर्छ । बच्चा देखि बुढा आमाहरु सबैलाई मन पर्ने गित गाउने चाहाना छ । मलाई समाजको उदाहरणीय बन्नु छ। मेरो समाज अनि मेरो पहारी जातलाई संसारमा चिनाउने अबसर चाहिँ मैले गित संगित बाट खोज्नु छ ।

० पछिको योजना के बनाउनु भएको छ ?
पछिको योजनाहरु धेरै छन् तर पूरा चाहिँ हुने हुन या नहुने हुन् । योजना नै भन्नू पर्दा पढ्ने साथै राम्राराम्रा गीतहरू गायर दर्शकहरुलाई सुनाउने योजना छ । धेरै मिहिनेत गर्नु छ । धेरै संघर्ष गर्नु पर्ने छ ।

० पर्व बिशेष गीत ठिक कि अरु ?
गितहरु सबै ठिक हो । हामी संगित क्षेत्रमा लागि सके पछि सब गितहरु गाउनु पर्ने हुन्छ । गित संगितलाई माया गर्नु पर्छ। सबैले एकै प्रकारको गित सुन्छन भन्ने पनि हुँदैन सबै गित हुन आवस्यक छ । पर्व गित पनि आवस्यक छ ।

० अन्त्यमा…..?
तपाई लगाएत तपाईको मिडियालाई मेरा मनको कुरा राख्न दिनु भएकोमा धन्यवाद । लोक तथा दोहोरी गीत हेर्ने र सुन्ने स्रोताहरुलाइ यति भन्न चाहान्छु कि हाम्रो लाई हैन राम्रो लाई प्राथमिकता दिनु होला । हामी भन्दा जान्ने र बुझ्ने हजुरहरु नै हुनुहुन्छ हल्लाको पछि न लाग्नुहोला भन्न चाहान्छु मलाई समय दिनुभएकोमा यहाँहरु सबै सबैप्रती आभारी छु र धन्यवाद दिन चाहन्छु ।
नव क्षितिज साप्ताहिकबाट