बनेपा, कृषिजन्य उत्पादन र लघु उद्यमीहरुले उत्पादन गरेका सामग्रीको बजारिकण गर्ने उद्धेश्यले बनेपा नगरपालिकाले शुक्रबारबाट प्रत्येक शुक्रबार गर्नेगरी बनेपा लायकुमञ्चमा स्थानीय हाटबजार सुरु गरेको छ ।
बनेपाभित्र उत्पादन भएको कृषिजन्य उत्पादन र लघु उद्यमीहरुले उत्पादन गरेका सामग्रीको बजारिकण गर्ने उद्धेश्यले मेला सुरू गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए । उत्पादकले आफ्नो उत्पादनलाई बजारसम्म पुर्याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा उत्पादनको उपभोग गर्न सहज हुने हिसाबले स्थानीय हाटबजार सुरु गरेको बनेपा नगरपालिकाको कृषि शाखामा कार्यरत नमराज घिमिरेले बताए । हाटबजारले विचौलियाको अन्त्य र उपभोक्ताले सुपथ मूल्यमा उपभोग्य सामाग्री उपभोग गर्न पाउने आशा गरिएको छ । –नव क्षितिज साप्ताहिकबाट








