२०८० साल चैत्र ६, नेपाल डेरी एसोसिएसन नुवाकोट जिल्ला समितिको पहिलो साधारण सभाबाट नेतृत्व चयन भयो । उक्त साधारणसभाबाट अध्यक्षमा बालकृष्ण ढुङ्गाना (दीपक) को नेतृत्वमा ११ सदस्य समिति बनेको छ । उक्त कार्यक्रम नुवाकोट काठमाडौ दुग्ध व्यावसायी समितीका संयोजक देवराज बजगाईज्युको सभापतित्व एवं प्रमुख अतिथी राष्ट्रिय दुग्ध बिकास बोर्डका नि. कार्यकारी निर्देशक डा.बालक चौधरी रहनु भएको थियो। प्रमुख अतिथि डा. चौधरीले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रह्लाद दाहाल, अतिथिहरुमा एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रिय सदस्यहरु रबिशरण थापा, नवराज तिमल्सिना, बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारी, सचीव श्याम घिमिरे, राष्ट्रिय दुग्ध बिकास बोर्डका बिदुर राई, ओम प्रकाश खरेल, दिपेन्द्र अधिकारी लगायत दुग्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका एसोसिएसनका उपाध्यक्ष एवं निर्वाचन अधिकृत मनोज कुमार घिमिरेज्यूले सम्पूर्ण सदस्यहरुलाई आफ्नो मनोनयन दर्ता गर्न आह्वान गरे अनुसार अध्यक्ष तथा पदाधिकारी सहित ११ सदस्यीय कार्यसमितिको नाम आएकोले केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले शपथ खुवाउनुभयो । यस कार्यक्रममा नुवाकोट जिल्ला समितिबाट बालकृष्ण ढुङ्गाना दीपकको नेतृत्वमा समिति गठन भएको छ । जसको उपाध्यक्ष बासुदेव गजुरेल, उपाध्यक्ष अर्जुन प्रसाद भट्ट, सचिव विष्णु दाहाल, कोषाध्यक्ष नवराज थापा सदस्यहरु सूजन अधिकारी, अर्जुन बजगाई, रमेश तामाङ, क्षेत्रबहादुर तामाङ, राम प्रसाद खतिवडा र मान बहादुर बलामी रहनु भएको छ ।

कार्यक्रममा शुभकामना दिने क्रममा केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नुवाकोट जिल्ला समिति घोषणापश्चात नुवाकोट जिल्लाले पनि आफ्नो दुग्ध क्षेत्रको लागि योगदान पु¥याउने र एसोसिएसनले दिएको कार्यक्रमहरु राम्रोसँग गर्न आग्रह अग्र गरे । प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरीज्यूले आफ्नो मन्तव्यको क्रममा नेपाल डेरी एसोसिएसनले गठ गरेको नुवाकोट जिल्ला समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा अझ ओझिलो काम गर्न अनुरोध गरे । कार्यक्रममा स्वागत मन्तव्य बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन एवं कार्यक्रमको सभापती देवराज बजगाईंले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष दिप्रसाद धमलाले नुवाकोट समिति बनेकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना दिँदै आगामी दिनमा यो समितिले सकारात्मक कदम सहित अघि बढ्ने कुराको आशा गरेको बताए । नव निर्वाचित अध्यक्ष ढुंगानाले आफू सधैं सबै डेरी व्यवसायीको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाई राखे । नवनिर्वाचित समिताका सबैलाई सफत खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो ।