राउत क्षत्री सेवा समाज काभ्रेले पनौति-१२, कलाँती भुमिडाँडा निवासी जेष्ठ सदस्यद्वय ९१ बर्षिय कृष्णबहादुर राउत र ७५ बर्षिय भक्तबहादुर राउतलाई जेष्ठ नागरिक सम्मानद्वारा अभिनन्दन गरेको छ ।
जिल्ला अध्यक्ष विदुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष अश्मिन कुमार राउत र अतिथिहरु सह–अध्यक्ष हरिकृष्ण राउत, पुर्व सह–अध्यक्ष एवं संरक्षक अभिमन्यु राउत, महासचिव इराज कुमार राउत, पुर्व उपाध्यक्ष एवं जिल्ला सल्लाहकार शिसुपाल राउत, केन्द्रीय सदस्यहरु मोहनबहादुर राउत, गौरि राउतलगायत जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।
साथै रुखबाट लडेर घाइते भई हाल स्पाइनल एन्जरी पुनःस्थापना केन्द्र भैसेपाटीमा उपचार गरिरहेका खानिखोला गाउँपालिका ५ निवासी २२ वर्षिय श्रृजन राउतको उपचार गर्नका लागि पच्चीस हजार रुपैयाँ सहयोग गरेको छ ।