आगलागि पिडित सिलाई ब्यवसायीलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघले सहयोग गरेको छ ।
पाँचखाल नगरपालिका वडा।न ४ समाजकल्याण चोकमा गत कार्तिक १७ गते भिषण आगलागिबाट क्षती भएको न्यू रिदम टेलर्सका संचालक सुरेश परियारलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्तिथिमा कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेका अध्यक्ष सन्जिब बिक्रम थापा, वरिष्ठ उपाध्यक्ष सुर्य थापा, सचिब गँगा तामाङ, सह सचिव चेत महत, कोषाध्यक्ष मन श्रेष्ठ सदस्यद्वय राजकुमार जैरु र रमेश नेपालीको उपस्थितमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
सिलाई ब्यवसायी र अभियानमा जोडिएर मनकारीबाट सहयोगको भावना राखी केही आर्थिक सहयोग प्राप्त गरी जम्मा रु ५२६००।–९ बाउन्न हजार छ सय० हस्तान्तरण गरिएको काभ्रे अध्यक्ष सन्जिब बिक्रम थापाले जानकारी दिनुभयो ।









