राष्ट्रिय सहकारी महासंघ नेपालको सहकारी क्षेत्रको झण्डै ३० वर्ष पूरानो, माहू संगठन हो । यसको स्थापना २०५० सालमा भएको थियो । यसले संस्था संचालनको लागि लोकतान्त्रिक विधी अनुरुप प्रत्येक ४÷४ वर्षमा नयाँ नेतृत्व चुन्ने गर्दछ । त्यसै अनुरुप राष्ट्रिय सहकारी महासंघको पौष २८ गते ३१ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो ।
त्यस क्रममा हिजो सम्पन्न साधारण सभाबाट संघको अध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्वाचित भएकी छन् । महासंघको ३१ औं साधारणसभाले मल्ललाई निर्विरोध अध्यक्षमा चुनेको हो । साधारण सभाले संघको निवर्तमान उपाध्यक्ष मल्लको नेतृत्वमा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित मल्ल नेपालको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् ।
केहि समयदेखि संस्थाको ३१ औं वार्षिक साधारण सभा र सम्पन्न गर्नुपर्ने मिति नजिकिंदै गर्दा महासंघको राष्ट्रिय प्रतिनिधिमा आफूहरु अल्पमतमा परेको देखिएपछि नेपाली कांग्रेस र माओवादीनिकट सहकारीकर्मीले निर्वाचन बहिष्कार गर्ने मनस्थितिमा पुगेका थिए । यसको बाबजुद् महासंगले आफ्नो वार्षिक साधरण सभा रोक्न सक्दैनथ्यो र भब्यरुपमा सम्पन्न ग¥यो । साधारण सभामार्फत केहि सदस्य बाहेक संघको सबैजसो पदमा एमालेका उम्मेदवाहरु निर्विरोध निर्वाचित भएका हुन् । यस अघिको विभिन्न सन्दर्भहरुमापनि राष्ट्रिय प्रतिनिधिको संख्याको आधारमा महासंघमा विभिन्न खाले भागबन्डा हुँदै आएको थियो ।
गठबन्धन संस्कृतिको बहिष्कार गर्ने र एकल निर्वाचन लड्ने एमालेको जनमुखी प्रजातानित्रक नीति अनुरुप साधारण सभाको विभिन्न गतिविधिहरु चलिरहेको थियो । तदानुसार यस पटक निर्वाचनका लागि २ सय ८७ जना प्रतिनिधि छानिएकोमा नेपाली कांग्रेसका ७१, माओवादीका ३८ जना र बाँकी एमाले तथा नेकपा एसका प्रतिनिधिहरु रहेका थिए । सिंगो निर्वाचन र देश नै गठजोर र भागबण्डाबाट चलाउन लालयित कांग्रेस माओवादीका नेताहरु महासंघमा पनि पदाधिकारी भागबन्डा गरेर आफ्नो साख जोगाउन चाहन्थे । त्यसको लागि विभिन्न समय र सन्दर्भहरुमा लामो बसाई, तयारी वार्ताहरु भएपनि आफूले चाहेको सिट नपाउने पक्कापक्की देखिएपछि कांग्रेस र माओवादीले गत शुक्रबार नै पत्रकार सम्मलेन गरेर उम्मेदवारी नदिने बताउँदै आएका थिए ।
महासंघले तोकेको साधारण सभाको दिन नै आइसकेपछि र गठबन्धनका कांग्रेस र माओवादी प्रतिनिधीहरुले उम्मेदवारीनै दिन सक्ने आँट नगरेपछि विधि र विधानसंवत् रुपमा कार्यक्रमले साधारण सभामार्फत महासंघको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल र तीन जना उपाध्यक्षमा खेमबहादुर पाठक, डीबी बस्नेत तथा इन्दिरा पन्त निर्वाचित गरेको छ । महासंघको महत्वपूर्ण अंग मानिने लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन तथा सदस्यहरूमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारीलाई चुनेको छ ।
साधारण सभाको नीति, विधी र प्रक्रिया मार्फत महासंघको सञ्चालक सदस्यहरूमा टेकप्रसाद चौलागाईं, हुमाकुमारी जीसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल निर्वाचित भएका छन् । निर्वाचित सम्पूर्णमा हार्दिक वधाई, कार्यकाल सफलताको शुभकामना । –नव क्षितिज साप्ताहिकबाट