बनेपा, क्यापिटल बचत तथा ऋण सहकारी संस्था लि बनेपाले आफ्नो १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शेरबहादुर तामाङले दीप प्रज्वलित गरी शुभारम्भ गरिएको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष तामाङले पछिल्लो समय सहकारीमा देखिएका विभिन्न किसिमका चुनौतीहरुको कुनै समस्या नभएको सफल सहकारीको रुपमा क्यापिटल साकोसले सेवा प्रवाह गरेको बताउनु भयो ।

साधारणसभामा संस्थाका सचिव फ्रेमबहादुर तामाङले प्रगति तथा भावि योजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खेतराज सिटौलाले आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा २६ हजार १ सय ९४ शेयर सदस्यबाट संस्थाको शेयर पूँजी ५ करोड ४१ लाख १६ हजार ५ सय रहेको जानकारी गराउँदै ४९ करोड १५ लाख ९२ हजार ८ सय ८० निक्षेप संकलन, ५४ करोड ४५ लाख ९५ हजार ३ सय ४० लगानीमा रहेकोमा ७ करोड ९२ लाख ३६ हजार ५ सय ८० कुल आम्दानी गर्न सफल भएको सम्बोधनका क्रममा जानकारी गराइएको थियो भने ३९ लाख ८८ हजार २ सय २१ बराबरको राजश्व अन्तर्गत करमा योगदान गरेको बताईएको थियो ।