एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.ले आश्विन २० गते शनिवार संस्थाका सदस्यहरुलाई भेला गरि पहिलो चरण सदस्य शिक्षा शिविर अन्र्तगत साधारण सभा समिक्षा, वर्तमान परिप्रेक्ष्यमा सहकारीको अवश्था र चुनौती, संस्था र सदस्यको अन्र्तसम्बन्ध, संस्थामा सदस्यहरुको भूमिका, जिम्मेवारी र महत्व आदिको विषयमा बृहत्तर छलफल तथा अन्र्तक्रिया कार्यक्रमको साथमा मोबाईल बैकिङ्ग एप शुभारम्भ कार्यक्रम, पनौती, काभ्रेमा संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्वमा सम्पन्न गरेको छ ।
कार्यक्रममा निर्वतमान अध्यक्ष देवसागर लामालाई धन्यबाद ज्ञापन पत्र, बचत कारोबार अन्र्तगत संस्थामा प्रंशसनीय बचत कारोबार गर्र्ने बचतकर्ता द्वय दुर्गा राई र सावित्री राउतलाई प्रंशसा पत्र र संस्थाका कर्मचारी राधिका मानन्धर (मुख्य बचत तथा ऋण सहायक), विनु प्रधान (सदस्य सेवा प्रतिनिधी) र विदिप कायष्ठ (सदस्य सेवाप्रतिनिधी) लाई विगत १५ वर्ष देखि संस्थामा निरन्तर सेवा पु¥याए वापत सर्मपित कर्मचारीको रुपमा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने पूर्व प्रदेश सहकारी मन्त्री चन्द्र लामा, एसओएस बालग्रामका पूर्व राष्ट्रिय निर्देशक तथा काठमाडौ यूनिर्भसिटीका प्राध्यापक इश्वरी शर्मा, प्रेस यूनियनका सदस्य ईश्वरी ओझा, निर्वतमान अध्यक्ष देवसागर लामा, सदस्य दयाराम महत लगाएत उपस्थित सदस्यहरुले आआफ्नो धारणा राख्दै अन्र्तक्रिया कार्यक्रमा सहभागी हुनुभएको थियो । सदस्यहरुको लागि संस्थाको प्रस्तुतीकरण सहित सदस्य शिक्षात्मक कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उल्येख्य सदस्यहरुको उपस्तिथीमा सभ्य र भब्यताका साथ सु–सपन्न भएको थियो । दोश्रो चरण अन्र्तगत महिला तथा बालबालिकालाई लक्षित गरि सहकारी शिक्षात्मक कार्यक्रम चाँडै नै संचालन गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।