धुलिखेल, नेपाली कांग्रेस धुलिखेल–९ नं. वडा समितिले वडामा रहेका नेपाली कांग्रेसका अग्रज तथा पूर्व र हालका जनप्रतिनिधिलाई सम्मान गर्दै शनिबार वडा सम्मेलन सम्पन्न गरेको छ ।
वडा सभापति बलराम सिग्देलको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्ब सांसद शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएकाख कार्यक्रममा वडामा रहेका नेपाली कांग्रेसका अग्रज तथा पूर्व र हालका जनप्रतिनिधिहरु गरी ४३ जनालाई सम्मान पत्रसहित दोशल्लाले सम्मान गर्रिको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला उपसभापति रमेश प्रसाद हुमागाई, जिल्ला सह सचिव रबिन्द्रनाथ सिग्देल, नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा १ को सभापति तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाली कांग्रेस काभ्रे जिल्ला सदस्य तथा धुलिखेल नगरपालिकाका उप–मेयर निराजन जंगम, नेपाली कांग्रेस धुलिखेल नगरपालिकाका नगर सभापति विदुर बहादुर बस्नेत, धुलिखेल वडा न ९ का वडा अध्यक्ष एवं समाजसेवी बद्रीप्रसाद हुमागाई, अग्रज नेता शिव सिग्देल, धुलिखेल वडा न ९ का वडा सदस्यहरु बालकृष्ण गौतम, मनमाया श्रेष्ठ, कल्ल्पना बि क र सोनि बिष्ट रानाभाटलगायतको आतिथ्यता रहेको थियो ।
सचिब नबराज हुमागाईको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष रुद्रकुमार हुमागाईले राख्नु भएको थियो ।









