बनेपा, पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बनेपा–६, बुडोलको सोह्रो बार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
२०६४ सालमा स्थापना भएको पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको सोह्रौ बार्षिक साधारण सभाको उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले सहकारीले देशलाई ठुलो योगदान पु¥याएको भएपनि सरकारले सहकारीको क्षेत्रमा खासै चासो नदिएको बताउनु भयो । काभ्रे जिल्लाका सहकारीले मात्रै वार्षिक २४ करोड ९१ लाख सरकारलाई कर तिर्ने गरेको त्यसमा पनि बनेपाका सहकारीले मात्रै १४ करोड कर तिर्ने गरेको भएपनि केन्द्र सरकार र स्थानीय सरकार कुनैले पनि सहकारी मैत्री कार्यक्रम र बजेट ल्याउन नसकेको बताउनु भयो ।
सभामा अध्यक्ष मधुसुदन पन्तले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाले गरेका बार्षिक गतिविधिसँगै चालु वर्षमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव गोविन्द दाहालले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिबेदन र लेखा संयोजक शिव प्रसाद अधिकारीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गनुभएको थियो । सो अवसरमा संस्थामा उत्कृष्ष्ट बचतकर्ता कमला तिमल्सिना, उत्कृष्ट ऋणी नवराज खनाल, जेष्ठ सदस्य महिला सुभद्रा कोईराला र पुरुष कृष्णप्रसाद शर्मा, संस्थामा सदस्य रहेका एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीहरु कृतन दाहाल, कृष्पा बजगाई र प्रशना तिमल्सिनालगायतलाई सम्मान गरिएको थियो ।
संस्थामा १ हजार ३३ जना शेयर सदस्य र १ करोड ४८ लाख शेयर पुँजी रहेको छ । सचिव गोबिन्द दाहालको सञ्चालन र उपाध्यक्ष आनन्द दाहालले स्वागत गरेको कार्यक्रममा बनेपा–६, का कार्यबहाक वडा अध्यक्ष लालकृष्ण तिमल्सिना, अटल पाँचकुण्ड साकोसका उपाध्यक्ष कमल राय, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई लगायतले मन्तब्य राख्नु भएको थियो । संस्थाले सहकारी केन्द्रित कार्यका साथै सदस्यहरुलाई सहुलियतदरमा रासायनिक मल, बिउ बिजन लगायत उपलब्ध गराउदै आएको छ ।









