बनेपा, निर्माण व्यवसायी संघ काभ्रेको १३ औं बार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न भएको छ ।
अध्यक्ष विजय लामाको अध्यक्षता र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै अध्यक्ष सिंहले तीन तहका सरकारका फरक–फरक निर्णयका आधारमा खानी तथा क्रसर बन्द हुँदा निर्माण व्यवसायमा असर परेको भन्दै निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामाले काम गर्ने बेलामा क्रसर बन्द हुँदा व्यवसायी मारमा परेको भन्दै व्यवसायिक फर्म नविकरण गर्न सबै स्थानीय तहमा एकरुपता नभएको भन्दै एक रुपताको माग गरे । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं काभ्रेका पुर्व अध्यक्ष उपेन्द्र घिसिङले सरकारी कामको भुक्तानी बेलैमा नभएको भन्दै त्यसको प्रत्यक्ष मारमा व्यवसायी र मजदुर परेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, माओवादी केल्द्रका भोला अर्याल, रास्वपाका जिएन सापकोटा, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष विजय देउजालगायतले बोलेको कार्यक्रमको सञ्चालन सचिव प्रदिप गौतमले र स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष अनिश बलले गरेका थिए ।








