धेरै विवाद र स्थानीयहरुको माग पछि काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर ७ स्थित् नगरपालिकाको नवनिर्मित भवन प्रांगणमा रहेको मनमती मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गरेको थियो । नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्दा मनमती देवीको मन्दिर हटाएर पुरातात्विक वस्तुहरूसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोली केहि समय अगाडी अनुगमन तथा अध्ययन गर्न त्यहाँ पुगेको थियो ।
टोलीले मन्दिरको मूर्ति प्राचीन रहेको भन्दै हाललाई मन्दिरको मूर्तिलाई यथास्थानमै राखेर संरक्षण गर्न निर्देशन दिएर फर्किएको थियो । हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरपालिकाले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको देखिएकोले त्यासो नगर्न भनिएको थियो ।
नगरको प्रशासकीय भवन बनाउने क्रममा मन्दीर हटाउन केही समय अघिदेखि कोशिस गर्दै आएको भएपनि स्थानीयले सहमति नदिएपछि नगरपालिकाले प्रहरीको बलमा रातारात हटाएका थिए ।
एकतर्फी रूपमा स्थानीयलाई बल प्रयोग गरेर मनमति देवीको मन्दीर हटाएपछि ७० जनाभन्दा वढीको हस्ताक्षर सहित पुरातत्व विभागमा मनमति मन्दीर संरक्षणको अनुरोध सहितको निवेदन परेको थियो ।
३ गते प्रशासनिक भवन सार्न भन्दै पुरातत्वले दिएको सुझावको बाल मतलब नराख्दै मनमती मन्दिर र त्यसको जीर्ण संरचनालाई स्थानीयहरुलाई जानकारी नै नदिई जर्बजस्त अन्तै सारिदिएकोबाट स्थानीय सिमान्तकृत राई समुदाय अन्यायमा परेका छन् ।
धरानामा हिन्दुधर्मावलम्बीहरुको मन्दिर नजिकै क्रिश्चियनहरुको चर्च बनाइदिएर दङ्गा भड्काउन खोजेझैं मण्डनदेउपुरमा सिमान्तकृत दनुवारहरुले सयौं वर्षदेखि पुजा आजा गर्दै आएको मन्दिर नष्ट गरिदिएका छन् । हिजो ललाई फकाई र जबरजस्त अधिग्रहण गरिदिन्छु भनी धम्काउँदै जग्गा लुटे, आज आस्थानै भत्काइदिए । रक्षक नै भक्षक भएपछि हामी कहाँ जाने नगरपालिकासंगै घर जोडिएका राजु राईले भावुक हुँदै बह पोखे ।
त्यत्तिमै सिमति भएको छैन । कहिले भूmठा मुद्दा हाल्ने प्रयाश गर्ने त कतै फकाउँदै, धम्काउँदै र स्थानीय दलालहरुको प्रयोग गरेर आदिवासी दनुवारहरुको थाकथलो उखेल्दै, मन्दिर भत्काउँदै बनाइएको भवनमा नगर प्रमुख टोकबहादुर वाइबाको जन्म दिन पारेर असोज ३ गते आनै प्रशासनिक भवनमा सार्ने कार्यक्रम तय भएको बताइएको छ । भवनको संरचनागत र बाहिरी भागको थुप्रै कामहरु बाँकी रहेको भएपनि मेयरको जन्म दिन एक वर्ष नबिती पुनः नआउने भएकोले काम सम्पन्न नभएपनि सार्न थालिएको बताइएको छ ।
यसको केहि दिन अघि नगरपालिकाको वडा नं। ७ सोतेबाट ल्याइएको पानीले नगरको प्रशासनिक भवनलाई नपुग्ने भन्दै कश्यपेश्वर महादेव परिसमा रहेको गौरीकुण्डबाट छुट्टै पानी तान्ने प्रयाशमा स्थानीयहरुबाट अवरोध आएपछि पाँचखालबाट प्रहरी झिकाइएको र स्थानीयको दबाब खेप्न नसक्ने भएपछि उनिहरुको भाग्भाग्ती भएको घटनामा संलग्न स्थानीयहरुले बताएका छन् ।








