सेन्ट जर्ज स्कुल हाँडिगाउमा बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने मुल नाराका साथ विद्यालयमा विभिन्न कार्यक्रम गरि बाल दिवस सम्पन्न गरियो ।
कार्यक्रममा विद्यालयका प्र.अ. मेघराज बजगाईंले २१ औं शताब्दीमा बालबालिका निकै नै सक्षम र सीपमा प्रखर हुन आबश्यक भएको बताउँदै अधिकारसंगै आफ्नो कर्तव्य पनि बिर्सन नहुने बताउनु भयो । हाम्रो विद्यालयमा हाम्रा बालबालिका लाई “गर र सिक“ भन्ने मुल मन्त्रका साथ हरेक क्रियाकलापमा सरिक गराउने गरेको र बालबालिकालाई आफ्ना अभिभावक, गुरुवर्ग र मान्यजन सबैलाई आदर गर्न , साना लाई माया गर्न, समाजसेवामा लाग्न प्रेरणा दिने गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो । विद्यार्थीहरुलाई बालबालिका र बाल दिवसको महत्त्व बुझाउँदै शिक्षिका उर्मिला काफ्लेले आफ्नो भनाइ राख्नु भयो ।
कार्यक्रममा बालबालिकाले नृत्य, गित कविता, राइम्स आदि प्रस्तुत गरे भने विद्यालयको तर्फबाट बालबालिकालाई उपहार वितरण गरिनुका साथै केक समेत वितरण गरिएको थियो । हरेक बर्ष विद्यालयले यस्तै कार्यक्रम गर्ने गरेको छ । कार्यक्रममा अतिथिको रुपमा नर्थ स्टार स्कुलका अध्यक्ष श्याम कुमार घिमिरेको उपस्थिति रहेको थियो ।








