धुलिखेल, नेपाली कांगेस काभ्रेको आन्तरिक विशेष अभियान अन्तर्गत धुलिखेल नगर समितिले स्थानीयतहका जनप्रतिनिधिहरु सँगको वार्षिक समिक्षा कार्यक्रम मंगलबार धुलिखेलमा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसका धुलिखेल नगर, वडा तहका सम्पूर्ण कार्यसमिति, क्रियाशिल सदस्य, क्षेत्रीय प्रतिनिधी शुभेच्छुक एवं भातृ संघ, जन प्रतिनिधीलगाएतको उपस्थितिमा भएको कार्यक्रममा नेपाली कांग्रेसको नगर तथा वडामा पार्टीको वार्षिक प्रगति विवरण वडा सभापतीहरूले पेस गर्नुको साथै विकासका योजनाको विषयमा वडाअध्यक्षहरुले प्रतिवेदन पेश गरेका थिए ।
नेपाली कांग्रेस धुलिखेल नगर सभापति विदुर बहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांगेस काभ्रे जिल्ला सभापति एवं वागमती प्रदेश खानेपानी सिंचाई तथा उर्जा मन्त्रि तिर्थ लामा, विशेष अतिथि नेपाली जिल्ला उपसभापति रमेश प्रसाद हुमागाई, अतिथिहरु जिल्ला सह–सचिवहरु रविन्द्रनाथ सिग्देल र समिर ब्याजु, जिल्ला प्रतिनिधी इश्वरी ओझा, जिल्ला सदस्यहरू जित कृष्ण श्रेष्ठ, रामकृष्ण पोखरेल, बलराम कोइराला, सिताराम परियार, महाधिवेशन प्रतिनिधी, प्रदेश सभा २ क सभापती हेम लामा, पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्री तिमल्सिनालगायतले बोलेको कार्यक्रमको संचालन धुलिखेल नगर सचिव सुरज श्रेष्ठले र स्वागत मन्तव्य धुलिखेल उपसभापति बिष्णु तिमल्सिनाले राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नं १ का वडा सभापति एवं वडा अध्यक्ष सन्त लामा, वडा नं २, सभापती दर्ण व खत्री, वडा नं ३ का सभापती मधुसुदन खत्री, वडा नं ४ का सभापती एवं वडा अध्यक्ष उत्तम तिमल्सीना, वडा नं. ५ का वडा सभापती भवसागर रन्जित, वडा नं. ६, का वडा अध्यक्ष सन्जय कोजु, वडा नं ७ का वडा सभापती दिपेश श्रेष्ठ, वडा नं ९ का वडा सभापति बलराम सिग्देल, वडा नं ९ का वडा अध्यक्ष बद्री प्रसाद हुमागाई, वडा नं १० का वडा अध्यक्ष गोविन्द भण्डारी, वडा नं ११ का वडा सभापती नारायण ओझा लगायतले संगठन सुढिकिरण तथा विकासको योजनाको विषयमा धारणा राख्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट








