मण्डनदेउपुर नगरपालिकाको वडा नं. ११ जैसिथोकमा रहेको चण्डेनी मा.वि.मा यौन दूराचारको घट्टा वढ्न थालेको छ । गत २४ गते बुधबार कक्षा १० मा अध्ययनरत विद्यार्थी र निजको बाबाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा दिएको किटानी जाहेरीले उक्त तथ्यलाई बताएको छ ।
खास गरी कक्षा १० को ट्यूशन कक्षा अतिरिक्त समय हुने र उक्त समयमा विद्यलयका हेडसर हेमराज सिलवाल (वि.क.) ले दूराशयपूर्ण ढंगले मनशाय राख्ने र जिस्काउने गरेको कुरा बताइंदै आइएको छ । शुरुमा वडा कार्यालयमा निवेदन हालेका पिडित पक्षहरु नगरपालिका र विद्यालय नै लागेर पिडितलाई जोगाउन लागेको थाहा भएपछि आफुहरु जिल्ला प्रहरी कार्यालयमा गएर जाहेरी दिएको बताइएको छ । एक दिन चुपलागेर बसेपनि विद्यालयमा घटना घटेपछिको दोस्रो दिनबाट वि.व्य.स. नगर शिक्षा शाखाका कर्मचारी र नगरपालिकाका प्रमुख नै लागेर जाहेरी भएको ३ दिनसम्म पिडकहरुलाई पक्राउ गर्न र केस ढिसमिस बनाउन खोजिएको बुझिन आएको छ । दैनिक जसो वि.व्य.स.का केहि मान्छे र नगरपालिकाको कर्मचारी परिचालन गरेर केस सके उल्टान र न सके फिर्ता लिने वातावरणमा लागेको देख्दा स्थानीयमा बाख्रा हराएको भन्दा काल पल्कने समस्या हुने कुराको चिन्ता वढेको देख्न थालिएको छ ।
स्रोतका अनुसार पिडक हेमराज नगरको समाजवादीको तर्फबाट भागबण्डे हेडमास्टर भएको बताइएको छ । विद्यालयका छात्राहरुमाथी यौन दुराषय राख्ने प्र.अ. हेमराज सिलवाल र सहायक प्र.अ. बलेन्द्र भट्टमाथी किटानी जाहेरी भएको ३ दिनसम्म पक्रउ नभएकोप्रति स्थानीय र अभिभावकहरुको आपत्ति रहेको छ ।








