बनेपा, अहिले एनआरएन निर्वाचन विश्वका विभिन्न स्थान भैरहेको छ । नेपालीहरुको आकर्षक मानिएको अष्ट्रेलियाका विभिन्न राज्यमा पनि निर्वाचन सम्पन्न भएका छन । निर्वाचानका क्रममा विभिन्न पार्टि आवद्ध संघ संस्थाको एकता भएर पनि निर्वाचन भएका छन । अष्ट्रेलिया स्थित वयस्टन अष्ट्रेलियाको पर्थ राज्यको डेपुटि कोआडिनेटरको लागि २९ जुलाइमा भएको निर्वाचनलाइ निकै चासो साथ हेरिएको थियो । यसको खास कारण थियो‘स्वतन्त्र उम्मेदवार बनेका गोकुल गोदार थापाको उमेरद्वारी । उनी कुनै पनि गठबन्धन विना नै उम्मेदवार बनेका थिए । यस्का बाबजुत पनि उहाको मत बरिणम निकै चाख लाग्दो थियो काभ्रेपलाञ्चोक स्थित बनेपा निवासी थापा उप विजेता बनेपनि उनले धेरै मतदाताको मन जित्न सफल हुनु भएको छ । थापा सम्पुर्ण परिवार सहित बिगत १६ वर्ष देखि पर्थमा बसोबास गर्दै आएका छन । उनले नेपालका विभिन्न स्थानमा सामाजिक काममा क्रियाशिल बन्दै आएका छन ।