बनेपा, रोटरी क्लब अफ काभ्रे बनेपाको २२औं पदस्थापन कार्यक्रम सोमबार बनेपामा सम्पन्न भएको छ ।
रोटरी डिस्ट्रिक ३२९२ का डिजी राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यता भएको कार्यक्रममा २०२२÷२०२३ का अध्यक्ष दमन कुमार श्रेष्ठले २०२३÷२०२४ का अध्यक्ष केशब प्रसाद बडाललाई रोटरीको लोगो प्रदान गरी पद हस्तान्तरण गर्नु भएको थियो । नव निर्वाचित अध्यक्ष बडालले सफत लिएसंगै रोटरीको सिद्धान्तमा रहि सामाजिक कार्य गरी समाजमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यलगायत रोटरी डिस्ट्रिकका पदाधिकारी, रोटरी क्लब अफ काभ्रे बनेपाका पूर्व अध्यक्ष एवं पदाधिकारी, बिभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि, रोटरियनहरुको उल्लेख्य सहभागिता रहेको थियो । २३ वर्ष अघि स्थापना भएको रोटरी क्लब अफ काभ्रे बनेपामा ४४ जना सदस्य रहेका छन ।









