तेमाल गाउँ पालिका वडा नं. २ मा आब. २०७९/८० को तिन वटा योजना १. कोटतेमाल लौखानी छापडाँडा वडा कार्यालय सडक (वडा स्तरिय ) ७,००,०००/-, २. कोट तेमाल लौखानी छापडाँडा श्वाँराडाँडा चुखाबेशि सडक (प्रदेश स्तरिय ) २०,००,०००/- ३. प्रधानमन्त्री स्वरोजगार कार्यक्रम (वडा स्तरिय ) ८,००,०००/- को तीने ओटा योजनाको फरक फरक काम गर्नुपर्नेमा एउटै काम गरी सोही कामलाई देखाई उपभोक्ता समिति र वडा अध्यक्षको मिलिमतोमा तीनै ओटा योजनाको भुक्तानी लिएको व्यापक जनगुनासो आएको छ ।
वडा अध्यक्ष देवराज तामाङले आफ्नो विश्वासीलो पात्र गणेशमान तामाङलाई दुईवटै योजना (कोट तेमाल लौखानी छापडाँडा वडा कार्यालय सडक उपभोक्त समिति र कोटतेमाल लौखानी छापडाँडा श्वाँराडाँडा चुखावेशि सडक उपभोक्त समिति) को अध्यक्ष बनाई उपभोक्त समितिको अध्यक्ष गणेशमान तामाङ र वडा अध्यक्ष देवराज तामाङको मिलिमतोमा दोहोरो भुक्तानी लिएको व्यापक जनगुनासो सहित अख्तियारमा समेत मुद्दा दायर भएको छ । अख्तियारमा मुद्दा परेको सुचना प्राप्त भएलगतै जनता र अख्तियारलाको आँखा छल्नकोलागि भुक्तानी लिई सकेको योजनाको काम धमाधम रातरात गर्दै गरेको सूचना पनि प्राप्त भएको छ ।
साथै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत किर्ने दुईवटा उपभोक्त समिति बनाई उक्त समितिको अध्यक्षमा वडा अध्यक्ष देवराज तामाङले कालदाश तामाङ र कमान सि तामाङलाई प्रलोभनमा पारि बनाई काम नै नगरीकन उक्त उपभोक्ता समितिको नाम बाट ८,००,०००/- रुपैया पनि भुक्तानी लिएको खुल्न आएको छ ।
हेर्नुस एमाले तेमाल गाउँकमिटीले जारी गरेको प्रेस विज्ञप्ति:









