देशको अर्थतन्त्र खतराको विन्दुमा जान थालेको दुई वर्ष पुग्न लाग्यो । आजको विश्वमा पूँजीलाई मात्रै ठूलो शक्ति मान्दा परिणाम उल्टो निस्कन थालेको छ । कोरोनाकालको बेलाको असर गत वर्षदेखि देखिन थालेको छ । जब कोरोना शुरु भयो त्यस बखत धेरै जसोले मानविय सम्बन्धलाई मान्यता दिएका थिए । त्यस बखत मानविय सौहार्दता राम्रो थियो । एकापसमा सहयोग गर्नु पर्छ भन्ने मान्यता थियो । को कहाँ कसरी बसेको छ सोधी खोजी हुन्थ्यो । एकापसमा सद्भाव थियो । मानवियता साटासाट हुन्थ्यो । एकले अर्काेलाई सहयोग गर्नु पर्छ भन्ने भावना सबैको मनमनमा थियो । त्यो अहिले विस्तार–विस्तार मासिदै–मासिदै गैरहेको छ ।
अहिले देशको अर्थतन्त्र असाध्यै गंभिर परिस्थितिमा छ । देशमै वित्तिय संकट आउँदा त्यसको असर सबैलाई पर्नु स्वभाविकै हो । अहिले देशको अर्थतन्त्रमा संकट उत्पन्न हुंदा देशभित्रका उद्योग, कल कारखाना र अन्य व्यवसाय चौपट भएका छन् । उद्योगहरु चल्न सकेनन् भने सबै प्रकारका व्यवसाय चल्न सक्दैनन् । जब व्यवसायहरु चल्दैनन् तब त्यसको प्रत्यक्ष प्रभाव मध्यम एवं निम्नस्तर नागरिकहरुलाई पर्दछ । अहिलेको संकटले धेरै भन्दा धेरै नागरिकहरुको रोजगारी खोसिएको छ । व्यवसायहरु चल्न नसकेर बन्द भएका छन् । उद्योगद्वारा उत्पादित वस्तु विक्रि हुन नसक्दा लगानीकर्ता डुवेका छन् । देशको अर्थतन्त्र पुरानै लयमा आउँन नसक्दा बजारबाट नगद हराएको छ । बजारबाट नगद हराउँदा नगदमा भैरहेको कारोबार हुन सकेन । जब नगदको कारोबार हुन सकेन एकापसमा पैसा पनि घुम्न पाएन । पैसा घुम्न नपाए पछि अत्यावश्यक वस्तु बाहेक अन्य वस्तुहरुको खरिद विक्री असाध्यै कम भयो । नगद प्रवाह हुन नसक्दा अैषधोपचारदेखि वालवालिकाको विद्यालय शुल्क तिर्न समेत समस्या आई सकेको छ ।
हुन त अहिलेको आर्थिक संकटले विश्व बजारलाई समेत नराम्रोसंग असर पु¥याएको छ । तर नेपालमा भने यसको प्रभाव अलि बढि नै छ । मनलाग्दी ढंगले सरकार चल्नु, उद्योग व्यवसाय संचालनमा ह्रास आउँनु, विदेशी पैसाको तुलनामा नेपाली पैसा कम्जोर हुनु लगाएतका धेरैवटा कारणहरु छन् । यो परिस्थिति आउँदा समेत सरकारको उल्लेख्य पहल कदमी खास्सै देखिदैन । अहिलेको अवस्था भनेको देश धनी हुनु भन्दा पनि देशका नागरिक धनि हुने व्यवस्था छ । जहाँ जस्ले जे जसरी पनि पैसा कमायो भने उसैलाई राज्यले प्रोत्साहन गर्ने समय छ । यहाँ मान्छेले मान्छेलाई मारेरै भए पनि पैसा कमायो भने त्यस्को ईज्जत हुन्छ । लुट्नेहरुको सम्मान हुन्छ । भ्रष्टाचार गर्न सक्ने मान्छेहरुलाई सम्मान हुन्छ । तर ईमान्दारीताका साथ काम गर्नेले कहिले काहीं काम बिगा¥यो भने वा समयमै आफ्नो कर्तब्य पुरा गर्न सकेन भने यतीसम्म खेदिन्छ कि मर्न सम्म पनि बाध्य पारिन्छ । आखिर यो सम्मको अत्याचारमा किन उत्रिन्छ मान्छे ? किन हराउदैं छ मानवियता ?
अहिलेको अर्थतन्त्र धेरै कम्जोर स्थितिमा छ । सार्है आपत परेको बेलामा केही समयलाई भनेर अलिकति व्याज बढि तिरेर काम चलाउँनु ठिकै होला तर लामो समयसम्म त्यसो गर्नु कदापी राम्रो हुंदै हैन । यस्तो प्रकारको कारोबारले सावाँ भन्दा बढि व्याज तिरी सक्दा पनि ऋण चुक्ता हुन सक्दैन । आफ्नो व्यवसाय संचालन गर्न ऋण गर्ने त्यो चल्न नसके पछि फेरी ऋण गरेर व्याज तिर्ने त्यो गर्दा पनि तिर्न नसकिएको ऋण तिर्नलाई फेरी व्यक्तिलाई जग्गा पास गरेर पैसा लिएर पनि लागेको ऋण तिर्न नसक्दा सबै सम्पत्ति स्वाहा हुदा पनि ऋण रह्यो भने मान्छे पूर्ण रुपमा डिप्रेसनमा जान्छ । गलत बाटो अपनाएर जीवन समाप्त पार्न पनि पछि पर्दैन । यस्तो अवस्थामा कसैलाई पनि पुग्न दिनु वा पु¥याईनु हुदैंन । ऋणीलाई बाँच्न दिए मात्र भोलीको दिनमा ऋण तिराउँन सकिन्छ । ऋणी नै रहेन भने लगानी उठ्न भलन गर्हाे हुन्छ । तर यस्तो अवस्थामा केही धनाढ्यहरु अफ्ठरोेमा परेका मान्छेहरु खोजेर ऋण दिने र पछि घरबारै आफ्नो नाममा बनाँउने काममा लागेका छन् । नेपालको कानूनमा कसैबाट पनि अश्वभाविक (अनुचित) रकम असुल गर्नु भनेको ठगी गर्नु हो भनेको छ । त्यस्तो ठगी गर्नेलाई कानून अनुसर कारबाही हुन्छ भनेर कानूनले भनेको छ । तर यस्तो विषयमा कारबाही भएका घटनाहरु असाध्यै विरलै छन् । असाध्यै आपत पर्दा लिएको ऋण वा सापटीले धेरैको बास उठेको छ भने मानसिक समस्याले डिप्रेसनमा पुगेका उदाहरणहरु पनि प्रसस्त छन् । हेर्दा र आफुलाई नपर्दा सामान्य जस्तो लागे पनि यो समस्या विकराल बन्दै गैरहेको छ भने यो असार महिनाको (वार्षिक खाताबन्दी) क्लोजिङ्गले धेरै मान्छेलाई तनाव बनाउँने निश्चित जस्तै देखिन्छ । यस्तो हुनु निश्चय पनि राम्रो काम हैन । त्यस्तो अवस्थामा कसैले कसैलाई पु¥याउँनु पनि हुदैन ।
ऋण लिएर व्यवसाय गर्नेहरु अहिले ठूलो समस्यामा छन् । व्यवसाय नचल्दा आम्दानी हुन सकेको छैन । आम्दानी नहुंदा ऋण तिर्न सक्ने अवस्था हुदैंन । सहज अवस्थाको जस्तो संकटको समयमा काम गर्न त्यती सजिलो भने हुंदैन । यो समय विशेष रुपमा बैंक तथा वित्तिय संस्थाहरुले आफुले लगानी गरेको ऋण उठाउँने समय हो । उनिहरुको संस्थागत प्रगतिको लेखाजोखा तथा वर्षभरीको कामको प्रगति देखाउँने समय पनि हो । त्यसैले पनि यस समयमा ऋण प्रदान गरेका वित्तिय संस्थाहरुले आफ्ना ऋणीहरुलाई गर या मरको अवस्थामा पुग्ने गरी ऋण तिर्न दवाव दिने गर्दछन् । व्यवसायमा लगानी गरेको रकम नउठ्ने तथा उधारोमा दिईएको सामानको भूक्तानी नहुंदा आएको समस्या पनि अहिलेको प्रमुख समस्या हो । यो समस्या हरेक क्षेत्रमा छ । ऋणीले पनि आफुले लिएको ऋण समयमै तिरि हाल्नु पर्दछ । आफ्नै दायित्व घट्दै जान्छ । ऋणीले ऋण तिर्न आनाकानी गर्नु आफ्नै लागि पछि घात हुनेछ । संकटको बेलामा सबैले सबैलाई सहयोग गर्नु नै सबैको कल्याण हुनेछ ।








