फाल्गुन १९ गते उद्योग वाणिज्य महासंघ अन्तरगत एग्रोसँग सम्बन्धित संस्थाहरु एग्रो फोरमले आयोजना गरेको कार्यक्रममा एग्रोसंग आवद्ध २२ वटा संग संस्थाहरु सहभागी रहेका थिए । कार्यक्रममा उमेशलालश्रेष्ठ र हेमराज ढकालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल हर्व एण्ड हर्वल प्रोडक्टस् एसोसिएसनका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले गरेका थिए त्यसै गरि उपस्थित सबैलाई धन्यवाद ज्ञापन रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले गरेका थिए । कर्यक्रममा उपस्थित आधिकांश संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले हाल कृषि उद्यम केन्द्रले गरेका गतिविधि प्रति असन्तुष्टि जनाउँदै हालका नेतृत्व माथि प्रश्न उठाएका थिए । उद्यम केन्द्रको दुई वर्षसम्म बैठक बस्ने कुरामा ध्यान नदिएको र चुनाव आउन लाग्दा झारा टार्न अन्तिम तिर बैठक राखेको तर सबैलाई समेट्न नसकेको, कृषि सम्बन्धि कुनै पनि समस्याहरुको बारेमा नबोलेकोले अब आउने नेतृत्वले त्यसो नगर्न अनुरोध गरेका थिए । हाल उद्योग व्यवसायले भोगेका समस्याहरुका बारेमा पनि वर्तमान नेतृत्वले बेवास्ता गरेको कुरामा उपस्थित सबैले गुनासो गरे । अब आउने नेतृत्वले अहिले गरेको जस्तो नगर्न र सबै उद्योग व्यवसायका समस्या आफ्नै सम्झी बुझ्न आग्रह गरे । विशेष गरि कृषि क्षेत्रमा रहेका समस्याहरु हल गरि स्वदेशी उद्योग बचाउन लाग्ने, आयात निरुत्साहित गर्ने कार्यमा लाग्न कृषि उद्यम केन्द्रले विशेष पहल गर्नु पर्ने कुरामा अनुरोध गरे । हाल कृषिमा विदेशी लगानी ल्याउन सकिने भन्ने अदालतको निर्णयमा असहमति जनाउँदै तत्काल विरोध गर्न महासंघलाई आग्रह गरियो ।
कर्यक्रममा बोल्दै आगामी चुनाबमा वस्तुगत संघ तर्फ उपाध्यक्षका प्रत्यासी उम्मेदवार हेमराज ढकालले आगामी दिनमा कृषि उद्यम केन्द्रले गर्ने हरेक काम यहाँहरुका हितमा गरिने र त्यो संस्था समग्र सबै बस्तुगत संघ संस्थाहरुको आफ्नो हो भन्ने अनुभुती दिलाउने छु । आफू पनि लामो समय कृषि क्षेत्रमा नै काम गरेकोले कृषि क्षेत्रका समस्याको बारे जानकार भएको र योभन्दा पहिला महासंघमा एक कार्यकाल कृषि उद्यम केन्द्रमा रहि काम गरिसकेकाले पनि सहज हुने कुरा बताउँदै सबै क्षेत्रमा सबैको भावना बुझेर काम गर्ने कुरा बताए ।
कार्यक्रम अन्त्यमा आउँदो चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले यहाँ सबै जनाले उठाएका प्रश्नहरु मैले गम्भिर रुपमा लिएको छु । यहाँहरुका हरेक समस्या माथि आफ्नै समस्या सम्झी हर समय लाग्ने छु र महासंघ सबैको साझा हो भन्ने अनुभुती दिलाउने प्रयास गर्नेछु। कृषि र वनको जिडिपि २८ प्रतिशत रहेको छ । यसलाई वृद्धि नगरेसम्म आयात प्रतिस्थापन हुन सक्दैन । यहाँ केहि नितिगत समस्या पनि रहेकाले सोको हल गर्न पनि लाग्नुपर्छ । महासंघ अन्तरगत एइसि र वन उद्यम लगभग कोल्याप्स हुने अवस्थामा पुगेकोले त्यसलाई गतिशीलता दिन लाग्नुपर्छ भन्ने कुरा बाताए । कार्यक्रममा उपस्थित ३७ जना सबैलाई कृषि उत्पादनहरु राखी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । उपहारमा कागजको ब्याग, छुर्पी, टिम्मुर, रुद्राक्षको माला, नेपाली कागजको डायरी, चियापत्ती, कृम, हर्बलका उत्पादन राखिएको थियो ।








