बनेपा, लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपा–८, काभ्रेले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव एवं अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । शुक्रबार विद्यालय परिसरमा बिभिन्न कार्यक्रम गरी वार्षिकोत्सव एवं अभिभावक दिवस मनाईएको हो ।
प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्याथीहरुले बिभिन्न गायन, नृत्यलगायतको प्रतिभाहरु प्रस्तुत गरेको कार्यक्रममा एसईई उतिर्ण विद्यार्थीहरुको बिधाई र बिभिन्न प्रतियोगितामा विजयीलाई पुरस्कृृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुन्यश्वर कायस्थको अध्यक्षता र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पुर्णकुमार श्रेष्ठ, प्याब्सनका जिल्ला अध्यक्ष श्याम बहादुर भुजेल, शिक्षक नेता दुर्गा सिं तामाङ, विद्यालयका निर्देशक कृष्ण भण्डारी, प्रधानाध्यापक श्रीकृष्ण श्रेष्ठलगायतले लिन इन्टरनेशनल बोर्डिङ स्कुल र शिक्षा क्षेत्रको बारेमा बोलेका थिए । वार्षिकोत्सव समारोहमा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।









