बनेपा, समृद्धिको आधार नै सक्षमता‘ भन्ने मुल नाराको साथमा स्थापित सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।
सभाले चालु आर्थिक वर्ष २०७८÷७९ को आम्दानी र खर्चका साथै आगामी आ।बर्ष २०७९÷८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले गरेका हुन भने सहकारी विद कैलास भक्त प्रधानाङ्ग प्रमुख अतिथि हुनुहुन्थ्यो । साधारणसभाको सहकारी विद कैलास भक्त प्रधानाङ्गले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानाङ्गले सहकारी बारे प्रस्ट पार्नु भएको थियो । संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले शेयर सदस्यहरुले अन्त बैंक वा सहकारीमा नगई आफ्नै सहकारीबाट कारोबार गर्नुपर्नेमा जोड गर्नु भएको थियो । छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको उहाँले बताउनु भयो ।
साधारणसभामा अध्यक्षले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, सचिव मनोज थापाले पेश गरेको प्रगती प्रतिवेदन, लेखा समितीका संयोजक भवानी जोशीले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष सरोज काजी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मणि श्रेष्ठले राखेका थिए भने कार्यक्रममा बिनायक साकोस भक्तपुरका अध्यक्ष नारायण प्रसाद स्वगमिस्वा, भोमी बहुउद्देश्यीय सहकारी संस्था लि। का उपाध्यक्ष हरि बहादुर श्रेष्ठ, संस्थाका संचालक समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्यहरुको उपस्थित रहेको संस्थाका प्रबन्धक पार्वती थापाले जानकारी दिनु भयो ।
साधारणसभामा भएको निर्वाचनबाट पुन रमेश काजी श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति ििनर्वाचित भएको छ । जसको उपमध्यक्षमा भवानी जोशी, सचिवमा सरोज काजी श्रेष्ठ, कोषाध्यक्षमा मनोज थापा सदस्यहरुमा ओम प्रकाश मानन्धर, गीता श्रेक्ष्ठ र सुविन बैदार तथा लेखा समिति संयोजकमा राजेश मानन्धर र सदस्यमा राजकुमार श्रेष्ठ सदस्य रहेका छन ।
साधारण सभाको अवसरमा संस्थाका प्रबन्धक पार्वती थापा लाई इमानदार र ब्यबस्थापनमा उत्कृष्ट सम्मान पुरस्कार र संस्थाका नगद शाखाका मनिष धाजु श्रेष्ठलाई तेस्रो उत्कृष्ट कर्मचारी पुरस्कार बाट सम्मानित गरिएको थियो ।










