आदिमा बचत तथा ऋण सहकारी संस्था लिं काठमाडौं महानगरपालिका वडा नं ४,सुकेधाराको १४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिप्रोस्कुनका संचालक सदस्य ठाकुर बाँस्कोटा रहेका थिए । वडा नं ४ का अध्यक्ष दिनेश महर्जन र सदस्य सरु अधिकारीको विशेष उपस्थिति रहेको थियो । अतिथिमा रुद्रमति साकोसका अध्यक्ष तारा प्रसाद पराजुली, दृश्य सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरे, सचीव रमेश सन्जेल, एनआरएन कतार एवं सल्लाहकार नरेन्द्र फगामी, एम्नेष्टी नेपालका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सनका पुर्व अध्यक्ष रितुराज सापकोटा, उपाध्यक्ष सुवोध डाँगी, प्रवोध प्रभाकर रिजाल, कोषाध्यक्ष प्रताप थापा, लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको उद्घाटन पानसमा बत्ती बाली प्रोस्कुनका संचालक सदस्य ठाकुर बाँस्कोटाले गरेका थिए । सहकारीले आफ्ना वार्षिक प्रतिबेदन पास गर्नुका साथै उत्कृष्ट बचत कर्तामा रमा हुमागाईं, असल ऋणी मिरा लिम्बु, वर्ष उत्कृष्ट कर्मचारीमा मन्दिरा लामिछानेलाई सम्मान गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरुले विभिन्न स्थानमा हाँसिल गरेको सफलतालाई सम्मान गर्दै सहकारीले पनि सम्मान गर्ने गरेकोमा यस वर्ष सहकारीका अध्यक्ष प्रल्हाद दाहाल नेपाल डेरी एसोसिएसनको केन्द्रिय अध्यक्षमा र संस्थाका लेखा समिति संयोजक मनोज कुमार घिमिरे उपाध्यक्षमा निर्वाचित हुनुभएकोले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिथि बाँस्कोटाले प्रत्येक वर्ष सहकारीले शेयर सदस्य बढाउनुका साथै बचत र ऋण दुबै बढाएको देखिन्छ । अहिले आर्थिक संकटमा पनि सहकारीले आफ्ना सदस्यको मन जित्न सफल भएकोमा संचालक समिति र सदस्यहरुलाई धन्यवाद दिए । प्रमुख अतिथि महर्जनले आफ्नो भनाई राख्दै “यो अहिलेको समयमा सहकारी होसियारीका अगाडि बढाउन अनुरोध गर्दै आफूले गर्नुपर्ने सबै किसिमका सहयोग गर्ने बताए । साधारणसभाबाट निर्वाचित संचालक समिति, लेखा समिती र ऋण उपसमितिका सबैलाई बधाई दिंदै कार्यकालको सफलताको कामना सहित आगामी दिनमा सहकारीलाई थप बलियो र उत्कृष्ट बनाउन लाग्ने कुरामा आफुूले पूर्ण विश्वास लिएको कुरा संस्थाका सल्लाहकार एवं एम्नेष्टीका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारीले बताए । कार्यक्रममा पुनः निर्वाचित अध्यक्ष प्रल्हाद दाहालले सबैलाई धन्यवाद दिंदै आफू माथि गरेको विश्वासलाई मनन गर्दै सधैं सहकारीको हितमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रतिबद्धता मन्तव्य राखेका थिए ।

साधारणसभाबाट पुनः प्रल्हाद दाहालको अध्यक्षतामा सर्वसम्वत सञ्चालक समिति चयन भएको छ । जसकोउपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचीवमा राजेश चालिसे, कोषाध्यक्षमा दिलिप आचार्य र सदस्यहरुमा निरा शर्मा, रेखा कुँवर र राजु लामा पि.कोन्दन तथा लेखा समिती संयोजकमा कृष्णादेवि मुनिकार र सदस्यमा राजु लामा पिं कोन्दोन र कृष्ण प्रसाद अधिकारी एवं ऋण उपसमिति संयोजकमा दिलिप आचार्य तथा सदस्यमा मनोज कुमार घिमिरे र पुर्ण बहादुर डंगोल रहेका छन । –नव क्षितिज साप्ताहिकबाट