बनेपा, भू.पू.सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी सस्था लि. बनेपा काभ्रेपलाञ्चोककोबार्षिक साधारण सभाशनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका जेष्ठ सदस्य यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यता रहेको सभाको सभापतित्व गर्दै सहकारीका अध्यक्ष बिल बहादुर श्रेष्ठले सस्थाको प्रगति विवरणका साथै विभिन्न बिधामा बिगतमा भएकाहरुलाई थप सुबिधा प्रस्ताव गर्नु भयो भने अन्तरिक बिनिमयलाई परिमार्जनको प्रस्ताव राख्नु भएको थियो। सचिब मिन बहादुर थापाले संस्थाको सांगठनिक स्वरुप प्रगति विवरण र भाबि योजना छलफलका साथ प्रस्तुत गर्नु भएको थियो। सस्थाका कोषाअध्यक्ष बाबुराम घिमिरेले सस्थाको आम्दानी रु ७७२७१३३ भएको र विभिन्न शिर्षकमा रु ६०८०१४० खर्च भई रु १८१३२६३नाफा भएको र शेर सदस्यहरुलाई १६प्रतिसत शेर लाभांश बितरण गरेको बताउनु भयो ।लेखातथा सुपरिवेक्षण समितिको प्रतिबेदन संयोजक श्यामहरि अधिकारिले प्रस्तुत गर्नु भएको सभालाई स्वागत मन्तव्य उपाध्यक्ष राममणि अधिकारिले राख्नु भएको थियो ।
९२१ शेयर सदस्य रहेको संस्थाको साधारण सभामा जेष्ठ सदस्यहरुलाई न्यानोकपडा, हर्लिक्स र टेक्ने लौरि बितरण गरिएकोराजु सिग्देलले जानकारी दिनु भयो । –नव क्षितिज साप्ताहिकबाट








