बनेपा, मंसिर ४ को निर्वाचनमा काभ्रे जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा छानिएका छनै जना सांसद दोश्रो कार्यकालका लागि चुनिएका हुन् ।
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ मा निर्वाचित सूर्यमान दोङ यसअघि संसद विजयी बनी उर्जा राज्यमन्त्री बनेका थिए । २०६४ सालको संविधान सभा निर्वाचनबाट विजयी भएका दोङले उर्जा राज्यमन्त्रीको भुमिका निर्वाह गरेका थिए । २०७० सालको निर्वाचनमा भने अहिले उनकै प्रदेशसभाबाट विजयी बनेका तिर्थ लामाले पराजित गरेका थिए ।
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं २ मा विजयी बनेका गोकुल बाँस्कोटा यसअघि संचार, शहरीविकाश मन्त्री तथा सरकारका प्रवक्ता समेत भैसकेका छन । २०७४ सालको निर्वाचनमा नेपालकै पपुलर मत ल्याएर विजयी भएका बाँस्कोटाकोयो दोश्रो विजय हो ।
काभ्रे १ को प्रदेश क मा निर्वाचित रत्न ढकाल बहालवाला मन्त्री हुन् । उनको यो दोश्रो कार्यकाल हो । काभ्रे १ को प्रदेश ख मा बनेका तिर्थ लामा भने यसअघि संघीय संसद थिए भने अहिले प्रदेशमा विजयी बनेका छन् । यो उनको दोश्रो कार्यकाल हो । यसअघिको निर्वाचन २०७४ मा उनी प्रतिनिधि सभा काभ्रे १ मा माओवादी केन्द्रका नेता बमध्वजसँग पराजित भएका थिए ।
काभ्रे प्रतिनिधि सभा २, ख मा विजयी कंचनचन्द्र वादे श्रेष्ठ यसअघि संघीय राज्य मन्त्री हुन् । अहिले प्रदेश सभामा निर्वाचित उनको दोश्रो कार्यकाल हो । सोही प्रदेशमा निर्वाचित लक्ष्मण लम्साल यसअघि प्रदेशकै सोही क्षेत्रबाट सांसद बनेका थिए । उनको यो दोश्रो कार्यकाल हो । यसअघि जितेका लम्साल र तिर्थ बाहेक मन्त्री बनि सकेका नेता हुन । –नव क्षितिज साप्ताहिकबाट








