बनेपा, आभाष बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सहकारीसँग समन्वय गरेर बनेपा नगरपालिकाले सामाजिक उत्तरदायित्वको कार्य अघि बढाउने बताउनुभयो । उहाँले चार महिनामा खानेपानी ल्याउने, फोहोर व्यवस्थापन गर्ने बिषयमा निक्कै प्रगति भएको पनि बताउनुभयो ।
सहकारीका अध्यक्ष दिनेशराज कायस्थले सहकारीले आर्थिक, सामाजिक विकासमा खेलेको भुमिकाको बारेमा बोल्दै सहकारीमा पाँच हजारभन्दा धेरै सेयर सदस्य ७० करोडभन्दा धेरै कारोबार रहेको र निरन्तर काभ्रेली जनताको माया पाएको बताउनुभएको थियो । सहकारीका प्रमुख सल्लाहकार सुरकृष्ण वैद्यले सहकारीले खेलेको भुमिकाको बारेमा बोल्नु भएको थियो । सहकारीले छोरी अभियान संचालन गरेको छ । जसमा नयाँ बर्ष र संस्थाको स्थापना दिवसमा शीर मेमोरियल अस्पतालमा जन्मने बालिकालाई १० हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ । जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले आभाष सहकारीले सहकारीका मूल्य मान्यतालाई टेकेर अघि बढेको र नमूनाको पथमा हिडिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा सहकारीका सचिव प्रकाश कायष्ठले सहकारीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक तथा लेखा समितीका संयोजक विकास वैद्यले लेखा प्रतिवेदन पेस गर्नुभएको थियो ।
सहकारीको साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी, बचत कारोबार, बाल बचतकर्ता तथा एसएलसीमा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट








