बनेपा, आगामी असोज ३ गते देखि १५ गतेसम्म बनेपामा पाँचौ काभ्रे महोत्सव हुने भएको छ । ‘व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने मुल नाराका साथ काभ्रे उद्योग बाणिज्य संघले महोत्सवको आयोजन गरेको हो ।
दशैँको अवसरमा काभे्रको परम्परागत कला, संस्कृति, औद्योगीकव्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धन निमित्त महोत्सव गर्न लागिएको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँले पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन ।
पसछेँका अनुसार महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, कृषि औजारका सामग्रीहरुको स्टलहरु हुने छन । त्यसैगरी महोत्सवमा बिक्रि हुने सामग्रीहरुमा विशेष छुटको व्यवस्था हुने, मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प, वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहने छ ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्याथीहरुलाई रु ५० र अन्य सर्वसाधारणलाई रु १०० प्रवेश शुल्कको व्यवस्था गरिएको र वृद्ध वृद्धाहरुको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ । –नव क्षितिज साप्ताहिकबाट








