
बनेपा, बनेपा–६, काभ्रेमा २०६४ सालमा स्थापना भएको पञ्चकुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको पन्ध्रौ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य गोमा भुर्तेलको विशिष्ट आतिथ्यता र संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।
सभामा अध्यक्ष मधुसुदन पन्तले संस्थाले गरेका बार्षिक गतिविधिसँगै चालु वर्षमा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव गोविन्द दाहालले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिबेदन र लेखा संयोजक शिव प्रसाद अधिकारीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गनुभएको थियो । सो अवसरमा संस्थामा उत्कृष्ष्ट बचतकर्ता रामहरी खत्री, उत्कृष्ट ऋणी पारस थापा, जेष्ठ सदस्य महिला लोक कुमारी दाहाल र पुरुष मधुसुदन सिमाल, संस्थामा सदस्य रहेका यस यि यि मा उत्कृष्ट अंक ल्याउने सामुदायिकबाट आरती बजगाई ३.२०, संस्थागतबाट महेश पन्त जिल्ला टपर ३.९५ र उषा दाहाल ३.५५ तथा पूर्व संचालकहरु कल्पना सापकोटा, ईश्वरी तिमल्सिना, यादव सिटौला, ओम शरण पन्त र गोबिन्द तिमल्सिना लगायतलाई सम्मान गरिएको थियो । ।
८ करोड ७३ लाखको कारोवार गरेको संस्थाले यो गत आर्थिक वर्षसम्ममा १ करोड ३३ लाखको शेयर पुँजी र ५ करोड ७५ लाखको निक्षेप संकलन गरेको छ । कार्यक्रममा कोषाध्यक्ष लोकमणी दाहालले आर्थिक प्रतिवेदन र लेखा संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाकी सदस्य राजन कुमारी बैदारको सञ्चालन र सदस्य प्रेम प्रसाद सत्यालले स्वागत गरेको कार्यक्रममा संस्थाका सल्लाहकार बाबुकृष्ण पन्त, कृष्णबुद्ध बजगाई, वडा अध्यक्ष सचितानन्द केसी, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकार नवराज बजगाई लगायतले मन्तब्य राख्नु भएको थियो । साथै सस्थाको रित्त पदहरुमा उपाध्यक्ष आनन्द दाहाल, सह–कोषाध्यक्ष ज्ञानी भट्टराई, सदस्यमा रिता भुजेल तथा लेखा समिति सदस्यमा हरिचन्द्र भण्डारी र राजेश्वरी बिष्ट चयन हुनु भएको छ ।








