गायक टीकाबहादुर मगरको नयाँ गीत ‘डेढु बाँदर राजनीति लोदर’ सांगितिक बजारमा आएको छ। देशको समसामयिक राजनीतिक प्रवृत्तिमाथि व्यंग्य गर्ने यो गीतमा प्रकाश स्पर्शको शब्द र मोहनकुमार मगरको संगीत छ । गीतलाई सविन लिम्बूले एरेन्ज गरेका हुन् । देशको राजनीतिक परिस्थितिका कारण रोजगारी नपाएर विदेशिन बाध्य युवाहरुको कथालाई गीतको भिडियोमा व्यंग्यात्मक ढंगले उतारिएको छ ।
भिडियोको निर्देशन संगीतकार मगरले नै गरेका हुन् । अहिलेको समय सन्दर्भलाई यसले बोकेको संगीतकार तथा भिडियो निर्देशक मगरले बताए । ‘बिदेशमा रहेका गीतकार प्रकाश स्पर्शले नेपालको अवस्थालाई नियाल्न खोज्नुभएको छ ।
गीतमा पूर्वेली र मध्यनेपालको लोकभाकाको मिश्रण गरिएको छ । गीतको भिडियोमा गोपाल ढकाल ‘छन्दे’, प्रकाश स्पर्श, मोहनकुमार मगर, अञ्जली पौडेल, जुना सत्याल र अमृत सागरले अभिनय गरेका छन् । रमेश रम्तेलले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।
हेर्नुस भिडियो