नवराज भट्टराई गित संगितको क्षेत्रमा स्थापित नाम हो । प्रस्तुत छ–धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. २, मा जन्मिएका गायक तथा गितकार नवराज भट्टराईसँगको छोटो कुराकानी ः
० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?

२०६७ सालदेखि ।

० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
म १२ कक्षाको परीक्षा दिएर बसेको थिएँ । त्यही हो नि ग्रामिण भेगमा जन्मिएका हामी खेती किसानी मेला पर्म गरेर बसेको थिएँ । स्कुलका हरेक साँस्कृतिक कार्यक्रममा भाग लिने गर्थे । प्राय प्रथम भैईरहन्थे । साथीहरुले तँ कलाकार बन्छस् भनेर साथ समर्थन गर्थे । कलाकार बन्ने भुत भन्दा नि गीत गाएर दुनियाँमा चिनिन सकुं भन्ने भित्र भित्र जोस जाँगर एक खालको छुट्टै थियो ।

० आएपछिको उपलब्धी ?
२०६७ सालमा स्थायी रुपमा काठमाडौं बस्न थाँले कलंकीमा रहेको गणेशमान सिंह बहुमुखी क्याम्पसमा बि एड प्रथम वर्ष भर्ना गरे दैनिकी बिहान कलेज त्यसपछि स्कुलमा पढाउन थाँले बेलुका डान्स क्लास बहुचर्चित मोडेल निर्देशक आदरणिय गुरु शंकर बि सी सँग नृत्य सिक्न थाँले । दिनहरु त्यसै गरि बित्दै थियो । एक दिन शंकर सरले आज शुटिङ छ जाने हो भन्नुभयो । म खुशी भएर हुन्छ सर भन्दै साईड नित्यकारको भुमिका निर्वाह गर्दै धेरै गीतमा नित्य गर्ने अवसर पाएँ । तर मेरो भित्रि ईच्छा भने गीत गाउँने र लेख्ने नै थियो त्यसै बिचमा हाम्रो कलेजमा एक दिन कविता वाचन प्रतियोगीता थियो । निर्णायकको भुमिका निर्वाह गर्न भोजराज काफ्ले र नेपाली भाषा विद हेमाङ्गराज अधिकारी सर हुनुहुन्थ्यो । मैले १३ जना प्रतिस्पर्धी साथीहरुलाई उछिनेर म नै प्रथम भएँ । त्यसपछि निर्णायक ज्युहरुले नगद राशि र प्रमाण पत्र वितरण गरेपछि त्यत्रा ११०० बिद्यार्थीहरु माझ गरेको प्रशंसाले मलाई थप हौसला भयो अनि गीत गाउने लेख्ने क्रम चलाईरहेँ । आफैँले लेखेको गीत मैले भोजराज दाईलाई कम्पोज गर्न दिएँ र एउटा गीत निकालेँ ढाका टोपी बोलको गीत कला संस्कृतिलाई अहिलेका युवा पुस्ताले विर्सिए यसलाइ जोगाउनु पर्छ भन्ने सन्देश दिन खोजेँ त्यति चलेन सि आर बि टी चैँ राम्रै गयो मेरो लगानी भने उठायो । त्यसपछि त पछाडि फर्किनु परेन

० यही क्षेत्र रोज्नुको कारण ?
सानैदेखि बिद्यालयमा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन्थे प्राय म नै प्रथम हुन्थे सबैको साथ सपोर्ट र मायाले कलाकारिता क्षेत्र नै रोज्न पुगेँ धादिङ जिल्लामा हुने धेरै जसो कार्यक्रममा पनि बोलाउनुहुन्थ्यो अनि दर्शक स्रोताको माया पाएँ अघि बड्न प्रेरित गर्नुभयो त्यसैले मैले कलाकारिता क्षेत्रलाई नै आफ्नो कर्म ठानी अघि बढेँ

० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
सुरु सुरुमा त धेरै नै संघर्ष गर्नुपरेको तिता मिठा घटनाहरु छन् । संघर्षको मैदानमा होमिएपछि त सफलता एक न एक दिन हात पर्छ नै तर हार मान्नु हुँदैन भन्ने मेरो मान्यता थियो । धेरै नै दुख गरेँ अहिले म आफुले रोजेको बाटोमा खुसी छु । सुख दुख त भैनै हाल्छन् नि हैन र तर सोचे जस्तो सजिलो चैँ छैन ? हाम्रो पालामा भन्दा अहिले सजिलो छ तर गाह्रो पनि छ ।

० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
त्यो आफुमा भर पर्छ आफुले कस्तो कर्म गरिन्छ ? दर्शक श्रोताको रोजाईमा पर्न सक्नुपर्छ स्टेजका कार्यक्रम बिदेशका कार्यक्रममा जम्न सकियो भने बाँच्न सकिन्छ । तर हिजो आज ठेकेदार प्रबृत्ति भित्रिएकाले गर्दा नाम चलेका कलाकारलाई पनि स्टेज कार्यक्रममा हिजो आज पक्षपात गर्ने गरेका कुराहरु सुन्नमा आको छ । तर जिविकोपार्जन गर्नलाई कलाकारिता क्षेत्रबाट बाँच्न सकिन्छ त्यो आफुमा नि भर पर्छ गीत संगीत दर्शक स्रोतालाई समय सान्दर्भिक प्रस्तुती पस्किन सक्यो भने डिजिटल प्लाटफम अडियो युट्युबबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।

० विकृतिहरु कतिका छन् ?
धेरै विकृतिहरु भित्रिएका छन् हिजो आज बिना संगीतको ज्ञान । न रियाज वर्षौँदेखि गीत संगीत क्षेत्रमा साधना गरेको कलाकारले स्थान नपाउने तर भाईरलको पछि लागेर गीत संगीतलाई हिजो आज धरासाही बनाएका छन् । कम्तिमा साधना गरेर आए त हुन्थ्यो नि ? तर भाईरल प्रवृत्तिले गर्दा अराजक फैलिएको छ । क्षणिक हेर्छन दिर्घकालिन सोच्दैन । धेरै नै दुसित बनाएको छन् ।

० प्रतिस्पर्धा ?
प्रतिस्पर्धा त जहाँ पनि छ तर दर्शक स्रोताको नजरमा उत्कृष्ट सिर्जना पस्किन सक्यो भने प्रतिस्पर्धालाई चिरेर हिँड्न सकिन्छ

० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?
धेरै समस्या छ अर्काको गीत गाएर स्टेजमा प्रस्तुत भएका छन् । रोयल्टी पाउनुपर्ने सर्जकले पाएका पनि छैनन् ! अरुका गीत भाका प्रयोग गरेर प्रत्यक्ष दोहोरी गीतहरुमा प्रस्तुत भईरहेका छन् । मेला महोत्सवमा सहभागी हुन नातेदार आफन्त प्रवृत्ति को पाउ मोल्नुपर्ने ठेकेदार प्रवृत्ति भित्रिएको छ । नाम चलेका कलाकारलाई कार्यक्रमा बोलाईएको छैन ? नाम नसुनेका कलाकारलाई स्थान दिईएको छ । पारिश्रमिक घटाएर दिने गरेका छन् । स्तापित कलाकारले आफुले आफ्नो प्रस्तुति राखे पश्चात् पाउनु पर्ने रकम पाएका छैनन् ? जसरी हो कार्यक्रममा प्रस्तुत हुने खालको गतिविधि भैईरहेको छ । विभिन्न संघ संस्थाहरु छन् यो स्टेजको कार्यक्रममा हुने भेदभावको विषयमा कोही बोल्दैनन् । जसरी हो आफ्नो र आफ्ना आसेपासेलाई अघि बढाएकाछन् । यस्तै प्रवृत्ति नरोक्ने हो भने अब कलाकारिता क्षेत्रबाट कैयौँ कलाकारहरु विदेशिन बाध्य भैसकेको छ । अब बिकल्प खोज्नु पर्ने दिन आईसकेको छ ।

० समाधान कसरी देख्नुहुन्छ ?
नेपोटिजम तोड्नु पर्यो निश्चित दायरा भित्र रही कला संस्कृतीलाई संवर्धन गर्नु पर्यो । कला भएकालाई साथ सपोर्ट गर्नु पर्यो भाईरलका नाममा भित्रिएका कलाकारले गर्दा स्थापित कलाकारहरुलाई पनि कलाको परिभाषा दिन नसकेको हो कि भन्ने वितृष्णा हुन लागिसक्यो । अब यस्ता गतिविधिहरु रोक्न सक्यो भने साँच्चै कलाको सम्मान हुन्थ्यो कि । विश्व बजारमा नेपाली कलाकारको पहिचान स्थापित गर्न सकिन्थ्यो कि जस्तो लाग्छ ।

० आगामी योजना ?
अब आउने दिनमा गीत संगीतको बजारमा देखिएको अराजक गतिविधिलाई नियाल्दै कसरी समस्याको समाधान गर्ने ? संघ संस्थामा यो गतिविधि रोक्न कसरी अघि बड्न सकिन्छ त त्यसको बृहत् छलफल गर्ने । विभिन्न किसिमका अन्तरकृया कार्यक्रम चलाउने गीत संगीत क्षेत्रमा समाजलाई चेतनामूलक श्रव्य दृश्य बनाउन प्रेरित गर्ने । उछ्ङ्खिल शब्द दृश्य र समाजमा धक्का दिने गतिविधिलाई रोक्ने ।

० जीवन ?
जिन्दगी कर्कलाको पानी जस्तै हो । बाँचुन्जेल सत्कर्म गर्ने । आफु र समाजलाई स्वच्छ राख्ने गीत संगीत क्षेत्रमा निरन्तरता दिने । समाजमा भएका गतिविधिलाई मध्यनजर गर्दै मानिस एक सचेत प्राणी हो त्यसको आभाष दिलाउने । बाँचुन्जेल सबैको मन मस्तिष्क बस्न सक्ने सृजना लिएर आम दर्शक स्रोताको मनमा बस्न पाउँ । त्यही हो सुख दुख भनेको त छँदै छ नी हैन र ?

० प्रेम ?
प्रेम जो कोही संग पनि हुन्छ । जस्तो तरिका बाट पनि प्रेम गर्न सकिन्छ ।

० कलाकारिता ?
आफु भित्र भएको कलालाई प्रस्फुटन गरेर समाजलाई सही दिसामा अघि बढाउनुनै कलाकार हो । उसले दिने सन्देश समाज भित्र बसेको समुदायलाई परिवर्तन गर्नु नै एक कला हो । सबै सामु आफ्नो अस्तित्व राख्न सक्नुनै सार्थक जीवन हो । म मेरो सृजना र आफुले गाएको गीतले समाजमा कुनै पनि आँच नआओस । भोली आफु मरेर गएपछि पनि मेरा सृजना र गीतले सबैको मन मुटुमा बास बस्न सकोस् । अराजक समाज भड्किलो गीत संगीत गर्न नपरोस् । मेरो सृजनाले दर्शक स्रोता सामु साँच्चै कलाको आभाष दिलाउन सकियोस् ।

० अन्तमा केही भन्नु छ ?
कलाकारिता पेशा बाट १३ वर्ष सम्मको संघर्षमा लोक गीत संगीत क्षेत्रमा केही ईटा थपेँ भन्ने चैँ आभाष हुन्छ । र उप्रान्त पनि लोक गीत संगीतको निरन्तर कर्म गरिरहने अठोट गर्दछु । जिवनको उर्जाशिल समय कलाकारिता क्षेत्रमा समर्पण गरेको हुनाले राज्यको तर्फ बाट जिवनको अन्तमा बाँच्ने आधार र सम्मानको अपेक्षा गर्दछु ।