नेपालमा निकै लामो समय, राणा शासन र राजतन्त्रले जरा गाडेको थियो । समय समयमा प्रजातन्त्रको स्थापना र कूको घटनाहरु घट्दै आएको थियो । संसदीय राजनीतिमा आपूm स्थापित हुन नसक्ने सन्दर्भलाई मजाले नियालेपछि देशमा गणतन्त्र नेपालको स्थापना गर्ने उद्देश्य र लक्ष्यका साथ माओवादीले १ फागुन २०५२ बाट ‘जनयुद्ध’ सुरु गरेको थियो । सम्झौता र सहमतीबाट नभई जनताद्वारा राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ युद्धको घोषणा भएको थियो । ‘जनयुद्ध’ घोषणा गर्दा तत्कालीन माओवादीका १९ कमाण्डरहरूले लामो छलफल र बहसबाट नेपालको राज्यसत्ता नपल्टाएसम्म देश र जनताको उन्मुक्ति नहुने निष्कर्ष निकालेका थिए । युद्धको थालनी गर्दा केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा मगर, हरिभक्त कँडेल, पोष्टबहादुर बोगटी, सीपी गजुरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिकाप्रसाद यादव, नारायणप्रसाद शर्मा, पम्फा भुसाल, दिनेश शर्मा, फडिन्द्र आचार्य, लोकेन्द्र विष्ट, यानप्रसाद गौतम, दण्डपणि न्यौपाने लगायत गरी जम्मा १९ जना रहेको इतिहास छ ।
केन्द्रीय समितिको बैठकबाट पारित ‘जनयुद्ध’को श्रीगणेश आजभन्दा २८ वर्ष अगाडि रुकुम, रोल्पा, गोरखा, सिन्धुलीमा एकैसाथ फौजी कारबाहीबाट गरिएको थियो । रुकुम, रोल्पालाई आधारभूमि बनाएर जलजला र थवाङमा पहिलोपटक जनसेनालाई परेड खेलाइएको थियो । १५ देखि १८ जना युवाले नेपाल कम्युनिष्ट पार्टी माओवादीको स्थापना गरेर ‘जनयुद्ध’मा होमिएको खबर तत्कालीन श्री ५ को सरकारले सुनेन र खासै ध्यानपनि दिएर । झन् शासन सत्ता परिवर्तनको कुरा गर्दा केही मानिसको बहुलट्ठीको रूपमा लिइयो । अनेकौं अफवाहहरु फैलाइयो ।
सायद समय सन्दर्भकै कुरा हुनु पर्दछ, जबसम्म चन्द्र र सूर्य रहन्छन्, तबसम्म राजा–रानी अमर रहन्छन् भन्ने तत्कालिन सोच कायमै थियो । राजतन्त्र हट्ने र तत्कालिन व्यवस्थामा परिवर्तन आउने कुरामा खासै विश्वास गर्न सकिंदैनथ्यो । त्यस्तो परिवेशमा सिमति मान्छेले गणतन्त्रको सपना देखेर हतियार उठाएको खबरले महत्व नपाउनु ठूलो कुरा भएन र खासै वास्तापनि गरिएन ।
रुकुम, रोल्पा जस्ता जिल्लाका दुर्गम बस्ती माओवादीको आधारभूमिमा परिणत हुन थाले । वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि मुक्तिको मुद्दा उठाएकोले पनि उत्पीडितहरूले आफ्नो नेतृत्व र अभिभावक आएको अनुभूति गर्न थाले । २०५२ पछि यो मुद्दा विस्तारै स्थापित हुन थाल्यो । विस्तारै देशको राजनीति त्यस खालको सन्दर्भमा केन्द्रित हुन थाल्योे । अभावले थिलथिलिएको उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका बस्ती माओवादीका आधार इलाका बन्न थाले । त्यो स्वाभाविक पनि थियो । छुवाछूतको चलनले कथित ठूलो जात र सानो जातबीचको खाडल बढिरहेको थियो । सम्भ्रान्त वर्गले निम्न वर्गलाई गर्ने व्यवहारले माओवादीको युद्धलाई झन् टेवा पुग्ने निश्चित थियो र त्यही भयो ।
यसरी हेर्दा माओवादी पार्टीको लागि फागुन १ गते एउटा ठूलो महत्व बोकेको ऐतिहासिक दिन हो । माओवादी अस्थित्वमा रहुन्जेल यसको प्रभाव कालान्तरसम्म पर्ने देखिन्छ । मजाले हेर्ने हो भने जुनसुकै चिजको दुईवटा पाटा हुन्छन्, कि त सकारात्मक अथवा नकारात्मक । त्यस्तै ‘जनयुद्ध’ले पनि दुई पाटा नै बोकेर आएको थियो र सँगै दुबै पाटो छोड्योपनि ।
गणतन्त्रको स्थापना हुनु पर्छ र जनताको अधिकार जनतामा निहित हुनुपर्दछ । देशमा जात, धर्म, लिंग, वर्ण, वर्गका आधारमा कोही ठूलो वा सानो हुनुहुँदैन । सबैलाई राज्यले दिने सेवा र सुविधा समान हुनुपर्दछ । जन्मेकै आधारमा कोही राजा र कोही रैती हुनुहँुदैन । उच्च वर्गका ठालुहरूले निम्न वर्गका जनताको श्रम शोषण गरेर झन् झन् धनी हुने र निम्न वर्गका जनता झन् गरीब हुँदै जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत अधिकारहरू राज्यले सबैलाई प्रदान गर्नुपर्छ । यी र यस्तै राम्रो र समतामूलक अभ्यासको माध्यमबाट समानहरूका बीचमा समान प्रतिस्पर्धा हुने अवस्थामा मुलुकलाई पु¥याउन माओवादी आन्दोलनले एउटा अभियान नै सुरु ग¥यो ।
साँचै पूरा गर्न सकेको खण्डमा त्यस्ता एजेन्डाले जनताको आकर्षण अवश्य वढ्थ्योे नै । मैले जानेको र मेरो ब्रम्हले सोचेकोे माओवादी अहिलेभन्दा फरक थियो । त्यसले गाउँ बस्तीमा फटाहा, जँड्याहा, श्रीमती कुटुवा, जुवाडे, चोर आदिलाई कारबाही गथ्र्यो । समाजमा विद्यमान कुसंस्कारको विरुद्ध रूपान्तरणको अभियान सुरु गरेको थियो । त्यस्ता अभ्यासले जनतामा माओवादीप्रति एक किसिमको सकारात्मक प्रभाव परेको थियो ।
१ फागुन २०५२ बाट औपचारिक रूपमा युद्धको सुरुवात गरेको माओवादीले २०५५ मा ३५ सदस्यीय केन्द्रीय कमिटीको निर्माण ग¥यो र भूमिगत अवस्थामा पार्टीका गतिविधि अघि बढायो । जनयुद्ध’लाई केवल सशस्त्र द्वन्द्वको रूपमा चित्रित गर्ने अवस्था आउँदा महान शहीद परिवार, घाइते, बेपत्ता परिवार र जिउँदा शहीद बनेका लडाकुलाई सहनै नसक्ने चोट बज्रन्छ । यो सत्य हो युद्धमा रहेको माओवादीलाई जतिसक्दो धेरै कार्यकर्ता र लडाकु चाहिन्थ्यो नै । पछिल्लो समय बेइमान र गलत मानिसहरू पनि सरकार र माओवादीबाट बच्न माओवादी आन्दोलनमा प्रवेश गरे । त्यसले माओवादीभित्र धेरै कमि–कमजोरी हुने अवस्था सिर्जना ग¥यो ।
राज्य पक्षबाट कतिपय ठाउँमा आफैं माओवादी बनेर गाउँमा जाने, जनताका बाख्रा, कुखुरा, चामल जे भेटिन्छ त्यही उठाउने, मान्छेलाई विना गल्ती कुट्ने काम पनि गरिन्थ्यो । सबै व्यक्ति नयाँ भएकाले सबैको सोचविचार बुझ्न नै सुरुवातमा समस्या त माओवादीमा भएकै हो । त्यसमाथि माओवादीको भेषमा अन्य पक्षबाट भएको उद्दण्डता र माओवादीभित्रकै फटाहाहरूले माओवादीप्रति जनतामा गलत धारणा बनाउने काम समेत गरे ।
युद्ध चाहे त्यो जस्तै प्रकारको किन नहोस्, त्यतिबेला घाइतेको उपचार, लालनपालन, स्याहारसुसार एउटा चुनौतीपूर्ण काम हुन्थ्यो । राज्य पक्ष र माओवादी पक्षबीच युद्ध हुँदा राज्य पक्षसँग जनशक्ति, हातहतियार र अरू सबै स्रोतसाधन हुने र युद्धरत माओवादीले सातु, चिउरा र पानी मात्र खाएर पनि कति युद्ध लडेको इतिहास छ । घाइतेहरुलाई बोकेर लैजाँदै गर्दा छोडेर भाग्नुपर्ने र साथीलाई छाड्न नसक्दा सँगै सहादत हुने घटना पनि घटे । यस्ता दर्दनाक विगत आज एउटा इतिहास बनेको छ । त्यो खालको सम्झना यो पुस्तामा जीवितै छ ।
नेपाली समाजमा महिला चुलो–चौको र घरधन्दाको चौघेरामा बन्द थिए । यसबाट बाहिर जानु वर्जित जस्तै थियो । यस्तो पितृसत्तात्मक संरचना र संस्कारमा महिलाले बन्दुक उचाले । ‘महिलाले बन्दुक चलाउँदा बांगो जान्छ’ भन्ने उक्तिलाई चुनौती दिंदै हजारौ महिला दिदीबहिनी चुलो–चौको सम्हाल्दै युद्धको मैदानमा परेड खेल्न थाले । सही निशाना साधेपछि महिलाले चलाएको बन्दुकपनि सिधा लाग्दोरहेछ भन्ने प्रमाणित गरिछाडे । त्यसपश्चात तत्कालीन श्री ५ को सरकारले पनि महिलाहरूका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनामा उल्लेख्य मात्रामा भर्ती खुलाएको यथार्थलाई भुल्न सकिंदैन । वढ्दै गएको द्वन्द र युद्धको भयले नेपाली समाजलाई जरैदेखि त्रसित बनाउन थाल्यो । दबिएका, हेपिएका वर्ग आफ्नो आवाज बोल्न सक्ने भए । विद्रोहको लहर चल्यो । संस्थापनविरुद्ध प्रश्न सोध्ने संस्कृतिको सुरुवात भयो । युद्धमा सबैभन्दा बढी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगबाट सहभागिता भयो । सोही समुदायबाट नयाँ–नयाँ नेतृत्व जन्मिए ।
विशेषतः पितृसत्तात्मक समाजले थोपरेका उत्पीडनका पहाडहरू भत्काउन महिला सफल भए । घरमा दाइजो नल्याएको, छोरा नपाएको, खाना नमिठो बनाएको अथवा महाराज र हुनेखाने पूँजीपति वर्गले दुई चारवटी विवाह गर्ने, सौता माथि सौता थप्दै जाने, महिला केवल सन्तान उत्पादनका फ्याक्ट्री वा कामवासनाको तिर्खा पूरा गर्ने साधनको रूपमा बुझ्ने अभ्यासविरुद्ध त युद्धले एक किसिमको धावा नै बोल्न थाल्यो ।
बहुविवाह गर्नेलाई भाटे कारबाही, घरेलु हिंसा गर्नेलाई कारबाही भए । महिलामा चेतनाको स्तर उकास्न प्रशिक्षण चले । उनीहरू पनि फौजीकृत हुन थाले । हिजो चुलोचौकोमा अल्मलिएका महिला अब लडाईंका मोर्चा सम्हाल्न थाले । यसबीचमा राज्यपक्षको अमानवीय यातना र बलात्कारका घटनाबाट पनि कैयौं महिला गुज्रनुप¥यो ।
१० वर्षे युद्धको क्रममा विद्रोही र राज्यपक्षबाट गरी १७ हजारभन्दा बढी मानवीय क्षति भयो । जो मरे, आखिर नेपाली जनता मरे । देश र जनताका निमित्त लड्दै गर्दा सहादत प्राप्त गरे । हजारौं मानिस घाइते भए । बेपत्ता नागरिकको संख्या पनि त्यत्तिकै छ । स–साना बालबच्चा टुहुरा बने, महिलाहरु विदुवा । जो आज पनि जीवन र मरणको दोसाँधमा छटपटाइरहेका छन् । शरीरभरि गोली र छर्रा बोकेर जीवन निर्वाहको लागि भौंतारिने लडाकुहरू पनि यही समाजमा छन् । माओवादीले पटक पटक सरकारको नेतृत्व गरिसक्यो । यतातर्फ न राज्यको ध्यान गएको छ न त पार्टी नेतृत्वकै ।
आफन्त, परिवार, सन्तान र अभिभावक गुमाउने हजारौं आश्रति सदस्यहरूको अहिले पनि बेहाल छ । द्वन्द्वपीडित नागरिकको आँखाबाट आँशुको भेल रोक्न गतिलो प्रबन्ध राज्यले गर्न सकेको छैन । ‘जनयुद्ध’ भन्ने शब्द प्रत्यक्ष युद्ध लड्ने नेता कार्यकर्तालाई जति प्यारो शीर्ष नेतालाई रहेन । कैयौं नेता विचारबाट विचलित भइसके । प्रचण्ड स्वयम्ले पनि युद्धमा योगदान गर्ने आधारभूत वर्गको पक्षमा उल्लेख्य काम गर्न सकेका छैनन् । आधारभूत वर्गबाट युद्ध लड्ने एक सिपाहीलाई जस्तै ‘जनयुद्ध’ प्रचण्डलाई प्यारो भइदिएको भए अहिले माओवादीको यो हालत हुने थिएन । युद्ध लड्ने प्रमुख नेता नै अहिले ‘जनयुद्ध’लाई १० वर्षे सशस्त्र द्वन्द्व भन्ने ठाउँमा पुगेका छन् ।
वास्तवमा जनताले लडेको युद्धचाहिं ‘जनयुद्ध’ नै थियोे । तर पार्टीका शीर्ष नेताले बलिदानीको जगमा उभिएर पद र प्रतिष्ठा प्राप्त गरे । वर्ग उत्थान गरे तर त्यही युद्धलाई संवैधानिक र कानुनी रूपमा बलियो गरी स्थापित गर्न सकेनन् । त्यो नै नेपाली जनताको लागि एउटा ठूलो दुर्भाग्य बन्न पुग्यो । ‘जनयुद्ध’लाई केवल सशस्त्र द्वन्द्वको रूपमा चित्रित गर्ने अवस्था आउँदा महान शहीद परिवार, घाइते, बेपत्ता परिवार र जिउँदा शहीद बनेका लडाकुलाई सहनै नसक्ने चोट बज्रन्छ । यो कहिल्यै नमेटिने तीतो सत्य हो ।
हिजो आधारभूत वर्गको लागि बलिदानीपूर्ण युद्धको नेतृत्व गर्ने नेताहरूको जीवनशैली क्रान्तिकारी ढंगले बदलिएको छ । वर्ग उत्थान भएको छ । ५० प्रतिशतभन्दा बढी शीर्ष नेताको जीवनशैली उच्च र सम्भ्रान्त वर्गको भन्दा आलिसान छ । उनीहरूको चरित्र मिल्छ । उनीहरू फागुन १ गतेलाई केवल कर्मकाण्डको रूपमा मात्रै सम्झेजस्तो गर्छन् । अझ कतिपय त सम्झन पनि चाहँदैनन् ।
बुढापाका अग्रजहरूले भन्ने गरेको सम्झना हुन्छ – बाटो र माटो भुल्यो भने जीवनमा दुःख पाइन्छ । अहिले खासमा माओवादीले आफ्नो बाटो र कर्णाली, गोरखा, रुकुम, रोल्पा लगायतको भूगोलहरुको माटो भुल्दैछ । युद्धका डोबहरु विर्षदैं गएको छ । सुराकीभन्दै एउटा निहत्था शिक्षकलाई रुखमा झुण्डाएर मारेको कुरा, कक्षाकोठामा पढिरहेको अवस्थामा बाहिर निकाली राज्य पक्षले गोली ठोकी हत्या गरेको सन्दर्भ । कतै माओवादीलाई समर्थन गरेको त कतै राज्यपक्षलाई सघाएको आरोपमा गोली ठोकेर हत्या गरियो । माओवादी पार्टी र ‘जनयुद्ध’प्रति राज्य पक्ष कति निर्मम र निर्दयी भएर लागेको थियो भन्ने यी र यस्ता हजारौं घटनाले स्पष्ट पार्दछ । साथै, त्यस्तो इतिहासलाई भुल्ने र बाटो बिराउने माओवादी नेतृत्वलाई इतिहासले एकदिन अवश्य कठघरामा उभ्याउने छ ।
रोल्पाको होलेरीबाट सुरु गरिएको युद्ध २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म अर्थात् १० वर्ष ९ महिना १ हप्ता र १ दिनमा माओवादी र सरकार पक्षबीच शान्ति सम्झौतासँगै अन्त्य भयो । २००७ सालको जनक्रान्तिलाई कांग्रेसले सात सालको क्रान्ति भनेर राज्य र सरकारलाई दबाव दिएर लिपिबद्ध गराउन सक्यो । २०४७ सालको विद्रोहलाई जनआन्दोलन र २०६२÷६३ को क्रान्तिलाई पनि जनआन्दोलन भनेर स्थापित गराइएको छ । तर माओवादी नेतृत्वले गति छाड्दा ‘जनयुद्ध’लाई संवैधानिक तथा कानुनी रूपमा लिपिबद्ध गर्न सकिएको छैन । यो इतिहासको ठूलो गल्ती हो ।
जनमुक्ति सेनाहरू विघटन गराउँदै छाती नापेर र पुरानै पद्धतिअनुरूप योग्यता परीक्षण गरेर मात्र सेनामा भर्ना गरियो । त्यो एक हिसाबले जनमुक्ति सेनामाथीको अपमान थियो । आज कोही घाइते अवस्थामा गोली जीउभरि बोकेर राज्यको ढोकामा बारम्बार ढकढक्याइरहेका छन् । कोही खाडीको ४५ डिग्री तातोमा बेल्चा हान्दैछन् । कोही माओवादी पार्टी र युद्धलाई यति धेरै घृणाको दृष्टिकोणबाट हेर्छन् कि उनीहरू कहिल्यै पनि फेरि माओवादी हुँ भन्ने छैनन् । उनीहरू विरक्तिएका छन्, छटपटिएका छन् । उनीहरू सोचिरहेका छन् कि उनीहरूले युद्धकै नाममा जीवन व्यतित गरे, अंगभंग भए तर सोचेअनुरूपको जनजीवनमा परिवर्तन ल्याउन सकेनन् । त्यसकारण उनीहरू असाध्यै निराश भएका छन् ।
युद्धहरु भनौं वा जनताका आन्दोलनहरु चाहे त्यो २००७ साल कोस १५ साल, ४६÷०४७ होस वा २०६२÷०६३ नै किन नहोस्, त्यसको सकारात्मकसँगै थुप्रै नकारात्मक प्रभावहरु देख्न सकिन्छ । तर नेपाली समाजको आजको चेतना र रूपान्तरणको मूल जग भनेको प्रजातन्त्र नै हो । आन्दोलन र युद्धहरु कहिल्यै पनि रहर र चाहनाले हुने विषयवस्तु हैन । यो त समाजको आवश्यकता र बाध्यताले गर्दा हुन्छ । आज हेर्दा विभिन्न समयका आन्दोलन तथा युद्धहरु निरर्थक बन्दै जान थालेको देखिन्छ । टाउकोवाल र मूल्यतोक्नेहरुको विचमा ठूलो साँठगाँठ छ । बेथिती र भ्रष्टाचारले सीमा नाग्न थालेको छ । देखावटी प्रक्रने र सुनपानी छम्केर चोख्याउने कामहरु द्रूत गतीमा भैरहेको छ । हिजो आजा त्यसस्ता वेथितीको कुरा गरेर साध्यनै छैन । सत्ताको लागि जसोपर्ने गर्ने परिपाटी हावी भैरहेकोछ । हिजो आज यी र यावत खालका गतिविधिहरु संचालन गर्न शत्तारुढ गठबन्धन सक्रिय भैरहेपपिनेपनि प्रजातान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका ती सन्दर्भहरु र शाहदतप्राप्त वीर शहीदहरूलाई कहिल्यै विर्षन सकिंदैन । युगौं युग सम्झि रहिनेछ ।