तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन अर्थात नेवारीमा म्ह ः पूजाका दिन नेवारहरुले आफ्नै शरीरलाई पूजा गरेर म्ह ः पूजा मनाउने गर्छन् । यस दिन नेवार परिवारमा मुली अर्थात थकालीले सबै सदस्यलाई पूजा गरी कुखुराको फूल सगुन् अर्पण गर्ने गर्छन् । पूजामा परिवारका सबै सदस्यका लागि पूर्व सम्मुख पारेर एक–एक वटा मण्डप बनाइन्छ । मण्डपमा तेलको सानो रेखालाई बीचमा पारी त्यसपछि क्रमश ः आँखे ९खस्रो अक्षता० लावा, कालो भटमासको गेडा, धान, पैटयाँ , पौटाया ९बेसारले रंगाएको चामलको धुलो० त्यसपछि पानी र रंगीविरंगी फूलका घेरा हालिन्छ । यसरी परिवारका सबै सदस्यलाई पुग्ने मण्डप बाहेक सुकन्दा, यमदुत् र कर्मदुत्का लागि समेत पुग्ने गरी मण्डप बनाइएको हुन्छ । मण्डपमा घरमा भएको नाङ्लो, कुचो, जाँतो घ्याम्पो, घडा आदिको समेत पूजा गर्ने गरिन्छ ।
मण्डपको अगाडि परिवारको थकालीदेखि लहरै बस्दछन् । यसरी बसेका सबैलाई मुलीले बाँया हातमा पूजाको थाली लिई पूजा गर्दै रातो टीका लगाई दिन्छन् । अनि मुलीले सिँफ ९काठको पाथी० मा अक्षता फलफूल, सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शिरमा तीन पटक अभिषेक गराइन्छ । मुलीले नै प्रत्येक मण्डपको अगाडि बिमिरो, कटुस्, ओखर, सयपत्री कोखा ९धागोको माला० र फलफूल राखेको थालीलाई अर्पण गर्दछन् । त्यसलाई सबैले ग्रहण गरी आ–आफ्नो गला र कोखमा लगाउँदछन् र थालीलाई ढोग्दछन् ।
त्यसपछि श्वेत इत ९धागोको बत्ति०लाई बाली मुलीले दायाँ हातमा म्हः पूजा गर्ने सबैलाई उसिनेको अण्डा, सुकेको सिंगो माछा र बाँया हातमा सलिचा ९रक्सीले भरिएको माटोको प्याला० राखिन्छ र यसमा सगुन तीन पटकसम्म थपेर खाइन्छ । अनि भुईमा राखिन्छ । मुलीले सबैको आँतमा अक्षता राखिदिन्छन् र आफ्नो मण्डपको पूजा गरेर विसर्जन गरी त्यसै ठाउँमा बसेर भोज खाएपछि म्हः पूजा पनि समाप्त हुने गर्दछ ।
भने यसै दिन देखि नेपाल सम्बत पनि फेरिने गर्दछ जुन दिनदेखि नेपाल सम्बतको नयाँ वर्ष पनि शुरु हुन्छ । स्मरण रहोस् एघार सय वर्षभन्दा पनि बढी समय अघि राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालीन देशका जनतालाई ऋण मुक्त गराएका थिए । यसकै अवसर स्वरुप यसै दिन देखि नेपाल संबत समेत फेरिने चलन रहेको छ ।