नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सह इञ्चार्ज रेशम लामा काभ्रे क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यकाका लागि चुनावी प्रतिस्पर्धामा छन् । उनी २०२९ सालमा नमोबुद्ध नगरपालिका दाप्चामा जन्मिएका हुन् ।
पूर्वमन्त्री समेत रहनु भएका लामा गठबन्धनका उमेदवार एवम् नेकपा माओवादी केन्द्र का पोलिटव्युरो सदस्य सूर्यमान दोङसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । करिब ३ दशकदेखि राजनीतिमा सकृय रहँदै आएका लामा युवा मैत्री नेताका रूपमा समेत परिचित छन् भने उनका प्रतिस्पर्धी दोङ सशस्त्र युद्धको पृष्ठभूमिबाट उदाएका नेता हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताको एजेण्डाका पक्षधर लामा २०७४ सालमा एमाले प्रवेश गरेका हुन् । राप्रपा नेपालको महामन्त्री पद र देउवा सरकारको मन्त्री पद एकसाथ त्यागेर एमाले प्रवेश गरेका लामाले काभ्रेपलाञ्चोकको राजनीतिमा प्रभावकारी भूमिकामा देखिदै आइरहेका छन् ।
ुअसल पुस्ताको निर्माण, रेशम लामाको अभियानु भन्ने नारा लिएर युवापुस्तालाई सङ्गठित गर्दै आएका नेता लामा स्पष्ट वक्ता, सकारात्मक र सहयोगीका पात्रका रूपमा काभ्रेलीमाझ लोकप्रिय छन् । भरखरै, काभ्रेको कोशीपारी चौंरी देउरालीका विभिन्न वडाहरूमा २ दिने घरदैलो सम्पन्न गरी फर्केका रेशम लामासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

सबैभन्दा पहिले कोशीपारी अभियानको अनुभव सुनाउनुहोस् । के भन्छन् त्यहाँका मतदाताहरू ?
कोशीपारीको भुगोल मेरो लागि नौलौ थिएन । म यसअघि पनि पटक पटक त्यहाँका ठाउँहरू पुगेको छु । राजनीतिक, सामाजिक संवाद गरेको छु । यसपाली त्यो सम्बन्धको नविकरण भएको छ । सबैलाई थाहा भएको कुरा हो एमालेको वडा र टोल तहमा कमिटिहरू छन्। पिपलका जराजस्तै फैलिएका सञ्जालहरू छन् । यो बलियो साङ्गठनिक संरचनाका करण पनि स्थानीय जनतासँग भेटघाट गर्ने कार्यक्रम व्यवस्थित तरिकाले आयोजना भएको थियो । एउटा नयाँ विकल्पका रूपमा रेशम लामा र दिलिप लामालाई मत दिएर पठाउने त्यहाँका तमाम आमा(बुवा, दिदी(बहिनी, युवा, जेष्ठनागरिक, समाजसेवीहरूले बताउनु भएको छ । हामी उहाँहरूको विश्वासलाई मर्न नदिने सङ्कल्प गरेर फर्केका छौं ।

कोशीपारी नेकपा माओवादी केन्द्रको पकड रहेको भुगोल भनिएको छ । दुइ दिनमै कसरी एमालेको पक्षमा जनता आकर्षित भए त रु
आम निर्वाचन भनेको जित्ने जिताउने खेल मात्रै होइन । राजनीतिक बेइमानीलाइ चिर्ने अवसर पनि हो । कोशीपारी जस्तो माटो, हावापानी, प्राकृतिक सुन्दरता र त्यहाँका सफा मान्छेहरूलाई गुमराहमा राखी दुर्गम, अशिक्षित, दुखैदुखको क्षेत्र भनेर नेकपा माओवादी केन्द्रका साथीहरूले जुन भ्रमपूर्ण प्रचार गर्नु भएको छ, त्यो जनतामाथीको भयानक राजनीतिक बेइमानी हो । यही दुख कष्ट बिक्री गरेर केही नेताहरू राजनीतिक व्यापार कायम राख्न चाहन्छन् । एउटा सभ्य, स्वतन्त्र र संभावनायुक्त भुगोललाई अपव्याख्या गर्दै भोट कुम्ल्याउने उनीहरुको खेल समाप्त पारेर आएका छौं । अब कोशीपारीको जनमत एमालेको पक्षमा ।

के थियो र माओवादीको त्यो सबै मेरो भन्ने एजेण्डा ?
स्वतन्त्र जनतालाइ गुमराहमा राख्नेको एजेण्डानै हुँदैन । नेकपा माओवादी केन्द्रको जन्मजात चरित्र भनेको ुसबथोक मै हुँु भन्ने हो । उनीहरूले कोशीपारीको मुक्तिदाता आफू हौं भनेका थिए । तर जनयुद्धकालीन सहिद यानप्रसाद गौतम लगायत चौंरी देउरालीमा मारिएका ३२ भन्दा बढी सहिदको सपना साकार पार्नेतिर उनीहरूको ध्यान छैन । हामीले सहिद परिवारलाई भेटेर आयौं । उहाँहरूको बेस्सरी चित्त दुखेको छ । भोटको लालसाले सहिद परिवारको घरमा पुगेर फोटो खिचेर फर्किने बाहेक माओवादी उमेदवारहरूले सहिदको सम्मान हुने काम के गर्न सकेको छ र ?

वाङथली, नाग्रीतिरको बाटोको अवस्था हेर्नुस् नाजुक छ । एमालेले शुरू गरेको मादनकुँडारी चौंरीखोला खानेपानी लिफ्टिङ र सिँचाई पुरा हुन दिएका छैनन् । पाथीभरा चौंरी खोलाको लिफ्टिङको कामप्रति वेवास्ता छ । मध्यपहाडी लोकमार्गले सर्लकक्क बेरेको चौंरी देउरालीलाई पर्यटनको विकास गराउने कुरामा कुनै योजना ल्याउन सकेका छैनन् । यसरी केही नगर्ने तर सब मैले गरेको भन्ने केही कथित नेताहरूले हिँजोसम्म आफ्नो कमजोरीलाई सोलीले छोपेर राखेका थिए । जब सोली सकेर डोकोले छोप्न थालियो, तब उनीहरूको वास्तविकता सबैले थाहा पाए ।

 

यसको मतलब काभ्रेको कोशीपारी राम्रा नेतानै छैनन् त  ?
छन् किन नहुनु । नेकपा माओवादी केन्द्रकै साथीहरूनै निर्वाचित भएका आफ्नै नेताहरूको सामन्ती प्रवृत्तिबाट वाक्क दिक्क छन् । नेपाली काङ्ग्रेसका साथीहरू जो मत हाल्ने ठाउँसमेत खोसिएर निराश छन् । नेकपा क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य भोजबहादुर स्याङ्तान लगायत करिव १५ जना साथीहरू त हामी पुग्नासाथ एमालेमा समाहित हुन आउनु भयो । यसरी फरक फरक दलका राष्ट्रवादी र इमान्दार नेता कार्यकर्ताकै सदासयताले नेकपा ९एमाले० ले काभ्रेको कोशीपारीबाट आफ्नो पक्षमा जनमत थप विस्तार गरेको छ ।

कोशीपारीलाइ सुगम बनाउने तपाइँका योजना के के छन् त ?
कोशीपारीलाई अरूले जस्तो दुर्गम भनेर अपव्याख्या गर्न चाहन्नौ । र अर्को कुरा अरू पार्टीले जस्तो त्यो सुन्दर क्षेत्रलाई लादिएको विकास दिन चाहन्नौ पनि। हामी जनताको आधारभूत तहसम्म सञ्जाल भएको पार्टी भएकोले कमिटिका जनसेवक कमरेडहरू मार्फतनै त्यहाँको आवश्यकताको खाका बनाउने काम भइसकेको छ । जनताले चाहेको कुरा पुरा गर्नु विकास हो । माथीबाट थोपरेको योजनाहरू अहिलेपनि चौंरी देउरालीमा अलपत्र छन् । अर्को कुरा, चौंरी देउराली यस्तो भुगोल हो जुन भुगोल सिन्धुपाल्चोक, दोलखा र रामेछापसँग जोडिएको छ । छिमेकी जिल्लाहरुसँग अन्तर बजार निर्माण गरेर, अन्तर पर्यटन जोडेर, उत्पादन, जनशक्ति र बजारको समेत विनिमय गररे कोशीपरीको समाजले अझै लाभ लिन सक्छ ।
अर्को कुरा, त्यहाँ कृषि अनुसन्धान केन्द्र स्थापित गरी आधुनिक कृषि प्रणालीमा लैजाने एमालेको योजनाको तारिफ भएको छ । देउरालीको पाथीभरा मन्दिर, साँगासोतीदेखि नाग्रेको खाँडादेवी मन्दिर, कोइलीबगरदेखि शैलुङ रामेछाप लगायत सल्ले भुम्लुको सुन्दर हरित क्षेत्रलाइ पर्यटकीय विकासका योजना सुनाएर फर्केका छौं । एमालेको योजनाप्रति मतदाता उत्साहित छन् ।

मूलत सबै कुराको संभावनालाइ अघि बढाउन खानेपानी र सडकबाटोको स्तरोन्नति सबैभन्दा प्राथमिकतामा राख्नुपर्छ । त्यो कुरामा चौंरी देउरालीका जनतासँग सहमति गरेका छौं । कोशीपारीको तल्लोबेल्टको मोटरबाटोको स्तरोन्नतिका लागि रेशम लामा र दिलिप लामालाई जिताउने अभिभारा उहाँहरूले लिनु भएको छ । चुनावका बेलामा राजनीतिक प्रतिस्पर्धा भएपनि विकासका सवालमा भने सबै दल र आस्थाका जनतासँग साझेदारीता गर्ने सङकल्प हामीले राखेका छौं ।