इमान्दारिता पूर्वक काममा लागे सफल भइन्छ –सुदीप आचार्य,चलचित्र प्राविधिक

सुदीप आचार्य नेपाली फिल्म इण्डस्ट्रिजमा नयाँ नाम होइन । १० बर्षको अवधिमा नै धेरै नेपाली चलचित्र भिएफएक्स इडिटिङ, डिजाइनिङ लगायत काम गरेका उनले भारतीय भोजपुरी चलचित्रमा समेत काम गरेर अवार्ड समेत पाइसकेका छन् । अहिलेका ज्यादै व्यस्त भिएफएक्स आर्टिस्ट तथा एडिटर रहेका उनले बिभिन्न बिदेसी प्रोजेक्टहरुमा समेत काम गरेका छन् । चाहे ठुलो पर्दा होस् या टेलीभिजनमा दिनहु बजिरहने बिज्ञापन तथा फिल्महरुमा ग्राफिक एनिमेसन तथा भिजुअल इफेक्ट्सको ठुलो योगदान हुन्छ ।
चलचित्रको द्वन्दमा प्रयोग गरिने टुचिंग काट्ने देखि क्यामराले खिच्न नसकिने दृश्यहरु समेत पर्दामा देखिनुको पछाडी एनिमेटर तथा भिजुअल इफेक्ट्स आर्टिस्ट को काम आउने गर्छ ।यस्तै नेपालि चलचित्र क्षत्रमा बिगत १० बर्षदेखि भिजुअल इफेक्ट्स तथा एनिमेटरको काम गर्दै आएका सुदीप आचार्र्यले आफुलाई स्थापित गराइसकेका छन।
उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा र माला शिन्हा र सी पी लोहनीको उपस्थितिमा भखरै संम्पन्न एलजी फिल्म अवार्ड २०१७ बाट बेस्ट भिजुअल इफेक्ट्स आर्टिस्टको रुपमा उनले अवार्ड हात पारेका छन । चलचित्र जय परशुराममा उनले गरेको भिजुअल इफेक्ट्सको कामबाट उनले यो अवार्ड हासिल गरेका हुन् ।
हालसम्म ’जय परशुराम, परदेशी, मानव , त्यो दस घण्टा,  ’चियर्स’, लुटकम्पनी’, वीर , वार , लक्ष्य गरि करिब ३० भन्दा बढी फिल्महरुमा आफ्नो कला प्रदर्शन गरिसकेका छन ।
उनको आउने फिल्महरुमा उल्जन , बटरफ्लाई, लव डायरी , पिंजडा ब्याक अगेन छन् जेपाली चलचित्र क्षत्रमा अरु विधामा थुप्रै टेक्निसियनहरु भएपनि ग्राफिक डिजाइनमा भने थोरैले मात्र सफलता हासिल गर्न सकेका छन । एरिना मल्टिमिडियाबाट ग्राफिक एनिमेसन र डिजाइनमा डिप्लोमा गरेका सुदीप आचार्र्यले एउटा फिल्मबाट कम्तिमा ३ लाखसम्म पारिश्रमिक लिने गरेको बताउछन । प्रस्तुत छ उनीसँगको छोटो कुराकानीः

० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?

 

 

 

यो क्षेत्रमा विगत १० वर्षदेखि लागिरहेको छु ।

० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?

 

चित्रकला गर्थे , सँगै यो क्षेत्रमा रुची भने सानैदेखि थियो ।

० आएपछिको उपलब्धी ?

यो क्षेत्रलाई बुझ्ने अवसर पाएको छु र केही आफ्नो प्रतिभाको प्रस्तुती गर्न पाएको छु ।

० यही क्षेत्र रोज्नुको कारण ?

 

जसलाई जुन क्षेत्रमा रुची हुन्छ, त्यसैलाई रोज्दा सफल भइन्छ भनेर नै हो ।

० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?

 

निकै नै परिश्रम गर्नुपर्छ ।

० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?

इमान्दारितापूर्वक निरन्तर काममा लाग्ने हो भने जुन क्षेत्रमा पनि अवसर छ ।

० विकृतिहरु कतिका छन् ?

प्राविधिक क्षेत्र भएको कारण त्यति धेरै विकृतिहरु छैनन् ।

 

० प्रतिस्पर्धा ?

जुनसुकै क्षेत्रमा पनि प्रतिस्पर्धा त हुने नै भयो ।

० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?

कुनै पनि छायांकनमा नै राम्रोसँग काम नगरिदिएको कारण केही समस्याहरु छन् ।

० समाधान कसरी देख्नुहुन्छ ?

चलचित्र बनाउनु अगाडि नै राम्रोसँग छलफल गरेर अगाडि बढेमा समस्याहरु हट्दै जान्छन् ।

० आगामी योजना ?

नयाँ नयाँ प्रविधिलाई यो क्षेत्रमा आगमन गराउने छु ।

० अन्तमा केही भन्नु छ ?

यो क्षेत्रमा धेरै सम्भावना छन् । यो क्षेत्रमा आउनु अघि राम्रोसँग बुझेर र सीप लिएर आउनुहोला । धन्यवाद !

                                                                                                                         > नव क्षितिज साप्ताहिकबाट

Facebook Comments

ramrosandesh Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *