काभ्रेपलान्चोक – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केही दिन मात्रै बाकी रहदा नेपाली गित संगित बजारमा आउने क्रम जारी छ । राजेश ढकाल र माधुरी दुलाल सापकोटाको तीज गीत सार्वजनिक भएको छ। गीतमा राजेश र माधुरीको शब्द र स्वर रहेको छ। यसैगरी दिन प्रती दिन नयाँ तिज गितहरु बजारमा सार्वजनिक हुने क्रम जारी छ ।गायक राजेश ढकालको संगीत रहेको गीतलाई विष्णु तामाङको अरेन्ज गरेका छन्।

उक्त गित राजेश ढकालकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । बिरज फुयल र सदीप घिमिरेको निर्देशनमा तयार पारियको गितको भिडियोमा किरण केसी, रमा थपलिया र स्वस्तिका सापकोटाको अभियन देख्न सकिन्छ ।

गायिका माधुरी सापकोटा सञ्चार मार्केटिङ क्षेत्रमा रहेकी छिन । गायक ढकाल दुई दसकदेखि लोक सांगीतिक क्षेत्रमा सक्रिय छन्।