दोश्रो एशियन रग्वी एक्सचेन्जमा भाग लिन नेपाली खेलाडी टोली जापान प्रस्थान


दोश्रो एशिएन रग्वी एक्सचेन्ज कार्यक्रम अन्तर्गत १४ बर्ष मुनिको नेपाली खेलाडी टोली जापान प्रस्थान गरेका छन ।
जापान जाने टोलिमा बेलर इन्टरनेशनल एकेडेमी, बनेपा र शुभतारा इन्टरनेशनल स्कुलका बिद्यार्थीहरु रहेका छन ।

टिम ब्यबस्थापक खेमराज तिमील्सिना र प्रशिक्षक कृष्ण छेत्री सहितको टोलीलाइ राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमील्सिनाले एक कार्यक्रमका बिच बिदाइ गरे ।

बिद्यालय स्तरमा खेल आयोजना गरेर रग्वी खेललाई बेलर इन्टरनेशनल एकेडेमीले नेपालमै पहिलो पटक भित्ताएको हो । हाल हरेक बर्ष अन्तर विद्यालय रग्वी प्रतियोगिता आयोजना हुन थालेको र रग्वी खेलको बारेमा सबैलाई जानकारी हुन थालेको बेलर इन्टरनेशनल एकेडेमीका प्रवन्ध निर्देशक पवनकुमार थापाले बताए ।

थापाले नै उक्त खेल पहिलोपटक नेपाल भित्राउन पहल गरेका थिए । थापाले आगामी दिनमा रग्वी खेलालाइ सबै माझ पु¥याउनु पर्नेमा जोड दिए । उनले हाल प्रतियोगिताका लागी जापान गएका खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने बिश्वाश समेत ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्