
मण्डनदेउपुर,मण्डनदेउपुर नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व सांसद कृष्णप्रसाद सापकोटाले शिक्षालाई राम्रो र प्रभावकारी गराउन नगरपालिकाबाटै विद्यालय अनुगमन गर्न सकिने जिपिए सिस्टम प्रयोगमा ल्याउनुपर्ने बताए । कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले शिक्षा दिवसको शुभकामना दिँदै दोस्रो वर्षमा सम्मान कार्यक्रम गरेको बताए । उनले गतवर्षको भन्दा झण्डै दोब्बर बजेट शिक्षामा छुट्याएको बताए । वाइवाले शिक्षा क्षेत्रलाई सुधार गर्न जुनसुकै कदम चाल्न पछि नहट्ने बताए । कार्यक्रममा नगर उपप्रमुख निर्मला शाही, नेकपाका नेता विदुरप्रसाद सापकोटा, नेपाली काँग्रेसका रामहरि सापकोटा, नि.कार्यकारी प्रमुख प्रणराज न्यौपाने, सामाजिक विकास समिति संयोजक एवं वडा नं. ८ का अध्यक्ष झलक पौडेल लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा दिवसको शुभकामना दिएका थिए ।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयतर्फबाट एसइइ परीक्षा तथा आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा एसइइ परीक्षा २०७५ मा उत्कृष्ट नतिजा ल्याउने सामूदायिक विद्यालयतर्फबाट श्री महाकाली माध्यमिक विद्यालय वडा नं. ४ बाट अञ्जु तामाङ (३.५ जीपीए), महाकलीकै अनिशा सापकोटा (३.३५ जीपीए), सिसम बजगाईं (३.२५ जीपीए) र श्री ब्रह्मायणी माध्यमिक विद्यालय वडा नं. ६ का उज्ज्वल डोटेल (३.५ जीपीए) लाई सम्मान तथा पुरस्कार प्रथान गरिएको थियो ।
त्यसैगरी संस्थागत विद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट हुने न्यू लिटिलस्टार मा.वि. कि सुस्मिता नेपाल (३.८५ जीपीए), मण्डनभ्याली एकेडेमीबाट आरती सापकोटा (३.८५ जीपीए), सोही विद्यालयबाट साजन ढकाल (३.८० जीपीए) लाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी आधारभूत तहमा इन्द्रावती मा.वि.का सत्यनारायण पराजुली, महाकाली मा.वि.की रमिला तामाङ, संस्थागत तर्फ रविन्द्र राजभण्डारी मण्डनभ्याली र रोजिना तामाङ विज्डम कम्युनिटी ई. स्कुललाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यालयको सम्मान श्री महाकाली मा.वि. नगरकोट, श्री जयसरस्वती प्रा.वि. रामपुर, उत्कृष्ट वि.व्य.स. तथा शिक्षा सेवी सम्मान शिवप्रसाद बजगाईं श्री द्वारपालेश्वर मा.वि. मानेडाँडा, मनोज पराजुली इन्द्रावती मा.वि. प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट प्रधानाध्यापकको उपाधी फटकबहादुर पराजुली ईन्द्रावती मा.वि. र छन्दप्रसाद सापकोटा पञ्चकन्या आधारभूत विद्यालयले प्राप्त गरेका छन् ।
यसैगरी उत्कृष्ट शिक्षकको सम्मान माध्यमिक तह तर्फ एकराज बाँस्तोला महाकाली मा.वि., हरिप्रसाद भण्डारी डेडीथुम्का मा.वि. र रामबाबु खत्री उमा सहशिक्षालयले प्राप्त गरे । यसैगरी आधारभूत तर्फ बीरबहादुर मोक्तान इन्द्रावती मा.वि., रामप्रसाद ढकाल बालुवा मा.वि., विनोदप्रसाद सापकोटा भगवती प्रा.वि., कमलप्रसाद घिमिरे महाकाली मा.वि. वडा नं. २, दिपक विक्रम लामा महाकाली मा.वि. वडा नं. ४, रमा बजगाईं कालीदेवि प्रा.वि. नौविसेले प्राप्त गरे । यसैगरी उत्कृष्ट बालबिकास सहयोगी कार्यकर्ता शर्मिला राई, भीमसेन प्रा.वि. र उत्कृष्ट कर्मचारी दमै सिंह तामाङ, बागदेवी मा.वि. रहेका थिए । नव क्षितिज साप्ताहिकबाट