काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी १ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति उत्तरदायी भएर लाग्न र राजनीतिक भविष्य भएको पार्टीमा आउनुभएकोमा धन्यवाद दिनुभयो ।

नेकपा एमालेमा प्रवेश गर्नेहरुमा सरोज मिजार पाँचखाल, सुरेश बिश्वकर्मा बनेपा, राम शरण बि.क बनेपा , सन्तोस बिश्वकर्मा बनेपा, सागर बिक रोशि, सागर रसाईलि तेमाल, चन्द्र बहादुर बि.क तेमाल, पुसल बि.क लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । प्रवेश कार्यक्रमको संयोजक नेकपा एमालेको जनबर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज काभ्रे जिल्ला सचिब तेज नेपालीले गर्नु भएको थियो