कोरोना संक्रमितको संख्या घट्दै


 

पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २७ हजार ३५५ जना रहेको छ । जसमध्ये २५ हजार ७०८ जना होम आइसोलेसनमा, १६४७ जना संस्थागत आइसोसलमा छन् ।

प्रतिक्रिया दिनुहोस्