काभ्रेको बनेपा नगरपालिका १३ मा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । बनेपा नगरपालिका वडा.न.१३स्थित बुढाथोकी गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शिलान्यास बनेपा नगरपालिकाका उपप्रमुख श्री रेखा दाहालले गर्नु भएको हो । नगरपालिकाले अहिले स्वास्थ्य चौकी भवन शिलान्यासको कामलाई तीव्रता दिइरहेको छ ।

नगरपालिकाले यसअघि वडा १ स्वस्थ्य चौकी, वडा नम्बर १०, वडा नम्बर ५ र वडा नम्बर ७ , ८ , ९ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । सबै स्वास्थ्य चौकी भवनहरू ४ कोठेका हुने छन् ।

नगरभित्र स्वास्थ्य चौकी भवन नभएका १० वटा वडाहरुमा स्वास्थ्य चौकी भवनहरु निर्माण सम्पन्न गर्ने प्रमुख दाहालले जानकारी दिए । उनले निर्धारित समयमै काम उपभोक्ता समितिलाई निर्देशन समेत दिएका छन् । सबै शिलान्यास भएका स्वास्थ्य चौकी भवनहरू उपभोक्ता समिति मार्फत बन्ने छ ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहाल,वडा अध्यक्ष सुर्यनारायण नापित, उपभोक्ता समितीका अध्यक्ष प्रकाश बुढाथोकी, बनेपा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र भुजेल, १३.न.वडा सदस्यहरु सरिता कुमारी श्रेष्ठ, हरिकृष्ण बुढाथोकी, १३.न.वडा सचिब, बनेपा नगरपालिकाका कर्मचारी उमा प्रजापति, समाजसेविहरु सुकदेव जोशी, रामलाल दुवाल, राजु मधिकर्मी, भवन निर्माण उपभोक्ता समिति ,अनुगमन समिति,सल्लाहकार समिति, १३.न.वडा र १४ न.वडाका वडा वासिहरुको उपस्थिती रहेको थियो ।