काभ्रेपलान्चोक – समाजसेवि राजन थापा, उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले कोभिड-१९ को प्रभावले समस्यामा परेका काभ्रेको पाँचखाल नगरपालिकाको वडा ६ मा खाद्यान्न सहयोग गर्नुभएको छ ।

सेवाही परमो धर्मलाई आत्मसाथ गर्दै हुनेले नहुनेलाई सहयोग गरौ भनि अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालले काभ्रेको पाँचखाल नगरपालिका-६ स्थित पन्चमुखी हनुमान मन्दिर, तिनपिप्ले लगायतका एरियामा साँझ, बिहान छाक टार्न समस्या भएका २४० बिपन्न परिवारलाई खाद्यान्न तथा माक्स बितरण गरिएको हो ।

पाँचखाल नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष राम शरण दुलालको विशेष समन्वयमा अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान र उपकार सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश अग्रवालको साथै महासचिव सुनिल कुमार धानुका, राजेन्द्र प्रसाद महनसरिया, प्रकाश टिवडेवाल, प्रवन्धक बालकृष्ण भट्टराई लगाएतको विशेष सहयोगमा वितरण गरिएको थियो ।

जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ मा दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नु भएको हो । वडा नम्बर ६ मा बसोबास गर्दै आएका श्रमिक, अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई दाल, चामल, तेल, नुन, चना, चिनी, चिउरा, मस्यौरा र माक्स सेनिटाइजर लगायतका सामान वितरण गर्नु भएको छ ।

कोरोना संक्रमणको लहर बढिरहेको अवस्थामा संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगर क्षेत्र शिल गरेपछि हातमुख जोड्न समेत धौ–धौ भएका २४० परिवारलाई खाद्यान्न वितरण गरेको समाजसेवी राजन थापा र रेणुका सुबेदीले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।

उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले जो साच्चिकै पीडा र दुखमा छन तिनीहरुलाई निरन्तर साथ दिएको थापाले बताए ।