नेपाली नारीकाे उत्कृष्ट भिडियो सार्वजनिक


चर्चित संगितकार सुरेश अधिकारीकाे संगीतले सजिएकाे उत्कृष्ट गीत नेपाली नारीकाे भिडियो सार्वजनिक भएको छ ।

गायक विशाल राईकाे सुमधुर स्वर रहेको गीतकाे भिडियो मा अादित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित माेडल दृश्य सुवेदी र साेनिसा बजगाईकाे साथमा अतिथि कलाकारकाे रुपमा चर्चित कलाकार भुवन चन्द , चर्चित व्यक्तित्वहरु इन्दिरा राना मगर, रुपा खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चाैधरी, शर्मिला बान्तवाकाे अाकर्षक अभिनय रहेकाे छ ।

गीति एल्वम सेन्मीमा समावेश भएको नेपाली नारीमा विशाल राईकाे स्वर, शब्द , संगित सुरेश अधिकारीकाे रहेकाे छ । म्युजिक नेपालले बजारमा ल्याएकाे गितकाे भिडियाेमा छायांकन मुकेश हुमागाई, श्रृङ्गार कविता ताेलाङ्गी, सम्पादन पदम सुवेदी, नृत्य प्रशान्त तामाङ र सह निर्देशन अमरकृष्ण चन्दकाे रहेकाे छ ।

भिडियो सार्वजनिक भएको छाेटाे समयमा नै चर्चा बटुल्न सफल गितका रेकर्डिङ , मिक्सिङ कृष्ण महर्जन , सुशीलविक्रम रानाकाे रहेकाे छ भने गितकाे एरेन्ज महाराज थापाले गरेका छन् ।

गितकाे भिडियोबाट उत्साही निर्देशक बुढाथोकी भिडियो उत्कृष्ट बनेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्