लागू पदार्थ सेवन चेकजाँचमा जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियता तिब्र


काभ्रे – सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे, बनेपा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय काभ्रेले अभियान स्वरुप विभिन्न कार्यहरु गर्दै आएको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाउनु नै सवारी दुर्घटनाको प्रमुख कारण भएकाले कार्यालयले आजदेखि लागू पदार्थ सेवन चेकजाँच कार्यलाई तिब्रता दिएको छ ।

पछिल्लो समय मादक पदार्थका साथै लागू पदार्थ समेत सेवन गरी सवारी चलाएको पाइएकोले प्रहरी कार्यालयले आजदेखि चेकजाँच कडा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

विशेष गरेर रातीको समयमा लागू पदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे , इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा अभियान स्वरुप यस कार्यलाई अगाडी बढाइएको हो ।

चेकजाँचको क्रममा कार्यालयले लागू पदार्थ सेवन नगरी सवारी चलाउने सवारी चालकलाई खादा ओढाई सम्मान गरी ट्राफिक नियमको पालना गर्न प्रोत्सहान गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरी मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउँदा हुने कानुनी कार्वाही बारेमा सवारी चालकलाई सचेत गराउन पनि यस कार्यक्रमको सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्