“तिमि मेरो” राम शरण आलेको शब्द र प्रकाशको अभिनयमा सार्बजनिक


 

काभ्रेपलान्चोक – ब्यवसाहिकताको नाममा पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको भिडमा युवावर्ग लक्षित गीत धेरै बजारमा आइरहेका छन् । घैया मकैको अपार सफलता पछि गायक राम शरण आले मगरले उत्कृष्ट शब्द सिर्जना गरि “तिमि मेरो” बोलको गित बजारमा आएको छ ।

राम स्याङ्गतान, पार्वती कार्की, सबिता तामाङ्ग र सागर तामाङ्गको आवाजमा गित बजारमा आएको छ ।

“तिमि मेरो’ बोलको गीतलाई लय सन्तोष घतानी र शब्द पछिल्लो समयमा घैया मकै गित बाट उत्कृष्ट काठे लोक दोहोरी गायकको अवार्ड प्राप्त गर्न सफल गायक तथा शर्जक रामशरण आलेको रहेको छ । गायक तथा सर्जक रामशरण आले द्वारा स्वर बद्ध गीत “घैया मकै” को अझै पनि चर्चा सेलाएको छैन ।

राम स्याङ्गतान नामको युट्युब च्यानल बाट सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग प्रकाश प्रियंका नेपाली, शितल राना र रबिन स्याङ्गतानको आकर्षक अभिनय देख्न सकिन्छ । मोडल राजले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा अभिनय तथा निर्देशकको भूमिका निर्बाह गरिसकेका छन् । काठे क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर निरन्तर गित संगीतमा लागि रहेका छन ।

राज तामाङ्ग प्रकाश द्वारा नृत्य निर्देशन भएको “तिमि मेरो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन रबि नेपालीले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन रोशन धितालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्