पुरुष भलिबलको उपाधि खानीखोलालाई (फोटो सहित)


ताल्ढुङ्गा, गणतन्त्र दिवसको अवसर पारेर ग्रामिण विकास केन्द्र नेपाल खानिखोला–६ ले आयोजना गरेको दोस्रो खानिखोला गाउँपालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिका ए टिमले जितेको छ ।
प्रगति युवा क्लब कुस्पालाई हराउँदै गाउँपालिकाले उपाधि हात पारेको हो । खानीखोला गाउँपालिकाको आर्थिक सहयोगमा १५ जेठदेखि १८ गतेसम्म भएको प्रतियोगितामा प्रथम हुन सफल खानीखोला गाउँपालिकालाई नगद ६२ हजार ५ सय कर सहित नगद, मेडल, ट्रफी र प्रमाणपत्र, द्धितिय श्री नमुना प्रगति क्लब खानिखोला–६ लाई ३७ हजार ५ सय कर सहित नगद, मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय हसियाली युवा समूह घर्तिछापलाई १८ हजार ७ सय पचास कर सहित नगद, मेडल, ट्रफी र प्रमाणपत्र र चौथो हुचिटार युवा क्लव ललितपुरलाई ९ हजार ३ सय पचहत्तर कर सहित नगद, मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गंगा बहादुर तामाङले डाँडापारिको विकासका निम्ति आफुले सक्दो सहयोग गर्ने बताएका थिए । कार्यक्रममा खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मिणी गुरुङ, समाजसेवी इन्द्र बहादुर थिङ, नेता दैवलाल घिसिङलगाएतले बोलेका थिए । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले उद्घाटन गरेको कार्यक्रमको उद्घाटन र समापन दुवै कार्यक्रम ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष मानबहादुर गोलेको अध्यक्षतामा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्