भीडभाड नगर्न स्वास्थ्यको आग्रह, जिल्लामा २२ हजार ६ सयले लगाए खोप


बनेपा, नेपाल सकारले दुई चरणमा गरेको कोभिड १९ विरुद्धको खोप अभियान सकिएको छ । पुन अर्काे चरण र दोश्रो पटक लगाउनी बेला भएकालाई लगाउने तयारीमा सरकार रहेको छ ।
यसैबिच जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन सबैमा अनुरोध पनि गरेको छ । पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, ¥याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक÷भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
काभ्रे जिल्लामा दोश्रो चरणमा १५ हजार ८ सय ७८ जनाले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए । अब जिल्लामा खोप लगाउनेहरुको संख्या २२ हजार ६ सय ७५ पुगेको छ ।
सफलतापूर्वक पहिलो र दोश्रो चरणको खोप अभियान सफल भएसँगै तेश्रो चरणका लागि तयारी शुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । जिल्लामा कोभिडका कारण जिल्लाका नागरिक ४५ जना र अन्यका १७ गरी ६२ जनाको निधन भएको छ । कोरोना संक्रमण हुनेको संख्या अझै थपिएको छ । हाल संक्रमितको संख्या १० रहेको छ । हालसम्म जिल्लामा ३ हजार ३ सय ७२ जना ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्