सिग्देल बन्धु प्रतिष्ठान काभ्रेमा बलराम


 

बनेपा, सिग्देल बन्धु प्रतिष्ठान नेपाल बागमती प्रदेश समिति र काभ्रे जिल्लाको अधिवेशन प्रतिष्ठानका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा तथा सचिव पूर्णचन्द्र सिग्देल, सदस्यहरु सुभाष सिग्देल, वसन्त सिग्देल, सम्पर्क समिती अध्यक्ष खेलनाथ सिग्देल, लेखा सदस्यद्वय एकराज सिग्देल र डिल्लिप्रसाद सिग्देल, अधिवक्ता शिबप्रसाद सिग्देल र जग्गादाता राधिका सिग्देल लगाएतको उपस्थितीमा शनिबार काभ्रेभञ्ज्याङमा सम्पन्न भएको छ ।
अधिवेशनको बन्द सत्रले मधुसूदन सिग्देलको अध्यक्षतामा प्रदेश समिती गठन गरेको छ । जसको उपाध्यक्ष चक्रपाणी सिग्देल, सचिवमा रबिन्द्रनाथ सिग्देल सचीव, कोषाध्यक्षमा हरिदेव सिग्देल र सदस्यहरुमा अनिल सिग्देल,सुरेश सिग्देल, गोबिन्दप्रसाद सिग्देल, अरुण कुमार सिग्देल, सिर्जना सिग्देल र अर्जुन प्रसाद सिग्देल रहेका छन ।

त्यसैगरी सिग्देल बन्धु प्रतिष्ठान नेपाल काभ्रे जिल्ला समितीको अध्यक्षमा बलराम सिग्देल, उपाध्यक्षमा भरत सिग्देल, सचिवमा राजु सिग्देल, कोषाध्यक्षमा अच्युत सिग्देल तथा सदस्यहरुमा गोबिन्द प्रसाद सिग्देल, मिनप्रसाद सिग्देल, बिदुर सिग्देल, शसांक सिग्देल र सुबिना सिग्देल चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्