पाँचखाल नगरपालिकालाई मोतिविन्दु मुक्त नगर बनाउने अभियान जारी छ । यहि अन्तर्गत नगर भित्र रहेका मोतिविन्दुको पहिचान गरी अप्रेशन गरिएको छ ।

पाँचखाल नगरपालिकाको अनैकोट, साठ्ठीघर, बालुवा तथा नगरपालिका प्राङ्गणमा भएको आँखा शिविरबाट छानिएका १ सय ५ जना मोतिविन्दुको विरामी मध्ये ७६ जनाको निःशुल्क अप्रेशन गरिएको छ । पाँचखाल नगरपालिका, मट्रिका आई सेन्टर, पाँचखाल उद्योग बाणिज्य संघको सहकार्यमा भएको आँखा शिविरमा चार ठाउँमा गरी ३ सय ६६ जनाले आँखा जाँच गराएका थिए ।आर्थिक विकास मित्र साकोसको आर्थिक सहयोगमा नगरलाई मोतिविन्दु मुक्त नगर बनाउने अभियान अनुसार आँखा जाँच सँगै मोतिविन्दुको अप्रेशन गरिएको पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिए । नगरपालिकाले बर्षै पिच्छे आँखा शिविर र शिविरबाट छानिएका मोतिविन्दुको निःशुल्क अप्रेशन गर्दै आएको छ ।