राजन थापालाई एक महिनामा तिन सम्मान


बनेपा, राजन थापालाई एकै महिनामा तिन सम्मान बाट सम्मानित गरिएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा छाँयाकन गरेर गिनिज बुक अफ द ओल्ड रेकर्ड राख्न सफल भएको गित हाम्रो साझा हिमालको सम्पुर्ण युनिटलाई सम्मान र प्रमाण पत्र दिने कार्यक्रममा समाजसेवी थापालाई पनि सम्मान गरिएको थियो । यसै गरि छायाँछवीको आयोजनामा सम्पन्न श्रष्टा एव् सर्जकहरुको सम्मान कार्यक्रमको विशेष अवसरमा थापालाई अर्को सम्मान प्राप्त भएको थियो ।
समाजसेवी राजन थापालाई सम्मान लिन भ्याई नभाई छ । उनले कोरोना समयमा गरेको समाज सेवाका कारण उनि यतिबेला बिभिन्न कार्यक्रम बाट सम्मानित भएका छन । थापाको त्यो बेलाको समाज सेवा देखेर सबैले त्यस्तो काम गर्न नसकने भएको कारणले राजन थापालाई अझै समाजसेवा गर्ने हौसला मिलोस् भनेर हामीले सम्मान गरेका हौँ छाँयाछबीका शान्ति प्रियले नव क्षितिजलाई भने ।

हाम्रो सुनोलौ बाल संसार सस्थाले पनि राजन थापालाई सम्मान गरेको थियो । नेपाल सरकारले लकडाउन गरेपछी कैयौँ हुदाँ खाने एवम् आर्थिक रुपमा बिपन्न परिवारलाई खाद्यान्नको संकट अभाव हटाउनको लागी अहोरात्र खटिने राजन थापा यसरी सम्मानित हुन पाउँदा निकै खुशी मिलेको उनले हामीलाई बताए । उनले गरेका समाज सेवाका कार्यहरु यतिबेला चर्चामा छन । दुखी गरिब असाहय र अनाथको सेवामा निरन्तर लागी रहेका राजन थापाले बिशेष गरी गंगबु, भक्तपुर, ललितपुर, चाबहिल, गौसला, सातदोबाटो, कपन, धुम्बाराही, बानियाटार, नेपालटार लगाएतका ठाँउमा गरेका समाजसेवाका कामहरु देखेर यतिबेला थापालाई बिभिन्न सम्ममान मिलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्